महान् फुटबल खेलाडी पेलेको निधन

ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । केही वर्षयता मिर्गौला र प्रोस्टेटको समस्या झेलिरहेका पेलेको गए राति ब्राजिलस्थित साओपाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो । पेलेले ब्राजिललाई विश्वकप फुटबल प्रतियोगिताको तीनपटक उपाधि दिलाएका थिए । पेले सहभागी भएको सन् १९५८, १९६२ र १९७० को विश्वकप फुटबल प्रतियोगितामा ब्राजिलले उपाधि जितेको थियो ।

CONTINUE READING

प्रदेशस्तरीय वक्तृत्वकलामा मदरल्याण्ड र नृत्यकलामा पारागन प्रथम

रास्ट्रिय निजी तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल नेसनल प्याब्सन बागमती प्रदेशद्वारा आयोजित अन्तरजिल्ला प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा मदरल्याण्ड स्कुल, भक्तपुरकी प्रशंसा कार्की प्रथम र लोकनृत्य प्रतियोगितामा पनि भक्तपुरकै पारागन एकेडेमी स्कुलको लोकनृत्य समूह प्रथम भई विजयी भएको छ ।

CONTINUE READING

भक्तपुरमा ‘स्टुडेण्ट बुक फेयर’ हुने

भक्तपुर बुक क्लवको आयोजनामा माघ ५, ६ र ७ गतेसम्म तीन दिने “स्टुडेण्ट बुक फेयर” थुसाचा (जगाति र च्याम्हासिंहको बिच) महेश्वरी बैंक्वेटमा हुने भएको छ ।

पठन संस्कृतिलाई बढावा दिने उद्देश्य बमोजिम स्थापित यस क्लबले मासिक रुपमा अन्तिम शुक्रबार पुस्तकसँग सम्बन्धित लेखक तथा पुस्तकको बारेमा पाठकबीच अन्तरसंवाद कार्यक्रम गर्दै आइरहेको छ ।

CONTINUE READING
प्रथम पुरस्कार प्राप्त टाेली

भक्तपुरमा लोकनृत्य प्रतियाेगिता

नेशनल प्याब्सन भक्तपुरको आयोजनामा अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता सम्पन्न भयो । नेशनल प्याब्सनका केन्द्रीय सह-कोषाध्यक्ष बिक्रम ढुकुछुको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला स्तरीय लोक नृत्य प्रतियोगितामा प्यारागन एकेडेमी विजयी भएको छ । प्यारागनको नेवारी धिमे नृत्य प्रथम हुँदा इडेन गार्डेन स्कुलको खलो नृत्य (माझी समुदायको पितृ उद्धार गर्ने) द्वितीय भएका थियो भने मदरल्याण्ड स्कुलको संगीनी नृत्य तृतीय भएको थियो । त्यस्तै एसएस सदनले सान्त्वना पुरस्कार हात पारेका थियो।

CONTINUE READING

सत्यमोहन जोशीको स्मृतिमा ‘सत्यमोहन स्मृतिसभा’ सम्पन्न

एभरेस्ट स्कुल, भक्तपुरमा अध्ययनरत बालबालिकाहरूले वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको स्मृतिमा ‘सत्यमोहन स्मृतिसभा’ आयोजना गर्नुभएको खबर प्राप्त भएको छ ।
विद्यालयका प्रिन्सिपल भक्त राजभण्डारी र कमला राजभण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रम विद्यालयका साना विद्यार्थीद्वय माहिरा मल्ल ठकुरी (वर्ष ७) र रिहान श्रेष्ठ (वर्ष ६) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

CONTINUE READING

भक्तपुर जिल्ला अन्तरविद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा मदरल्याण्ड स्कुल प्रथम

नेशनल प्याब्सन भक्तपुरद्वारा आयोजित जिल्लास्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा मदरल्याण्ड स्कुलकी छात्रा प्रशंसा कार्कीले प्रथम स्थान प्राप्त गरी बागमती प्रदेश स्तरीय प्रतियोगिताको लागि छनोट हुनुभएको छ ।
इडेन गार्डेन स्कुलका छात्राहरु सदीक्षा बुढा दाेस्राे र सुप्रिया श्रेष्ठले तेस्राे स्थान प्राप्त गर्न सफल हुनुभएको यस कार्यक्रममा पारागन एकेडेमीका छात्र एन्जल खड्काले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ ।

CONTINUE READING

ब्राइट फ्युचर स्कुलमा लेखक भेटघाट कार्यक्रम सम्पन्न

ब्राइट फ्युचर सेकेन्डरी स्कुल, नैकाप, काठमाडौंमा विद्यालयका बालबालिकासँग लेखक कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा अस्ट्रेलियन लेखक लुक डेविसले कक्षा ६ र ७ का बालबालिकाहरूसँग अन्तरक्रिया गर्नुभएको थियो । स्कुलका निर्देशक मोहन कार्कीको सभापतित्वमा सम्पन्न समारोहमा विद्यालयका व्यवस्थापक मोहित कार्कीले लेखक लुकलाई नेपाली टोपी लगाइदिएर स्वागत गर्नुभएको थियो ।

CONTINUE READING

‘तपाईं’ र ‘नमस्ते’ को जादु

विद्यालय कस्तो हुनुपर्छ ? विद्यालयको वातावरण कस्तो हुनुपर्छ ? भन्ने विषयमा थुप्रै मतहरु छन् । ती मध्ये धेरै विचारहरु विद्यालयलाई माया गर्ने तपाईंहरुले पक्कै पढ्नुभएकै होला ।
विद्यालयलाई कसरी बालबालिका मैत्री बनाउन सकिन्छ ? वास्तवमा विद्यालयलाई विद्यालय जस्तै नै कसरी बनाउन सकिन्छ भन्ने विषयमा म फिल्डमा नि खटेर काम गरेको मान्छे हुँ ।

CONTINUE READING