भविष्यमा कुशल चित्रकार बन्ने लक्ष्य लिएकी छु : बालप्रतिभा स्वीकृति थोकर

बालप्रतिभा स्वीकृति २०६४ साल असोज ११ गते जन्मनुभएको हो । उहाँको बुवा सुब्बा थोकर र आमा भक्ति दोङ हुनुहुन्छ । उहाँ तेमाल गाउँपालिका वडा नं. ९, मुक्पा, काभ्रेपलाञ्चोकमा जन्मनुभएको हो । अहिले उहाँ  बासु मा.वि., कालिघाट, भक्तपुरमा कक्षा दसमा पढ्नुहुन्छ ।

CONTINUE READING

आदरणीय लेखक अभि सुवेदीले बालबालिकाका नाममा लेख्नुभएको खुल्ला पत्र

हामी सबैको पहिलो गुरु आमा हुन् । उनको अर्ति सधैं शिरोपर गर्नुपर्छ । म पनि मेरी आमाको प्रेरणाले यहाँसम्म आइपुगेको हुँ । त्यहि प्रभावले आज पनि झण्डै ४६ वर्षदेखि मैले विश्वविद्यालयमा पढाएका संसारभर छरिएका मेरा विद्यार्थी र इष्टमित्रको मायामा रमाइरहेको छु । समाजमा अनेक खाले मान्छे बस्छन् । कोहि गलत बाटोमा हिँडिरहेका हुन्छन् । ति गलत मानिसको संगत गर्नुहुँदैन । असल मित्र बिस्तारै थपिँदै जान्छन् ।

CONTINUE READING

भक्तपुरमा चित्रकला प्रतियोगिता सम्पन्न

इप्सन (निजी विद्यालयहरुकाे समूह) भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत आज सूर्योदय सेकेण्डरी स्कुलको आयोजनामा सम्पन्न भएको अन्तर विद्यालय चित्रकला प्रतियाेगितामा मदरल्याण्ड स्कुलकी एज्जश्वी प्रजापतिले प्रथम पुरस्कार जित्नुभएको छ ! द्वितीय स्थानमा सूर्योदय सेकेण्डरी स्कुलका यूनिक कर्माचार्य, तृतीय स्थानमा सेन्ट जोन्स स्कुलका निश्चल तामागं र सान्त्वना पुरस्कार ग्लोबल एकेडेमीको आशिस् त्वाँतीले हात पार्न सफल हुनुभएको छ !

CONTINUE READING

साहित्य-सृष्टि बालवाङ्मय साधना सम्मान-२०७९

बालवाङ्मय तथा अनुसन्धान केन्द्रले “साहित्य-सृष्टि बालवाङ्मय साधना सम्मान-२०७९” नेपाली बालसाहित्यका विशिष्ट साधक शान्तदास मानन्धरलाई समर्पण गर्ने भएको छ । सो सम्मानअन्तर्गत रू. २५ हजार नगदसहित सम्मानपत्र प्रदान गरिन्छ । उक्त सम्मानका लागि साहित्यकार प्रमोद प्रधान, उहाँकी श्रीमती ब्यूटी श्रेष्ठ र छोरी सृष्टि प्रधानले रू. ५ लाखको अक्षयकोष स्थापना गरिदिनुभएको हाे । सम्मान यस वर्षबाट वितरण गर्न सुरु गरिएकाे हाे ।

CONTINUE READING

वेलायतका प्रधानमन्त्री राजाभन्दा धनी

बेलायतमा हालै प्रधानमन्त्रीमा नियुक्त हुनुभएका ऋषि सुनक बेलायतका राजा चार्ल्स तृतीयभन्दा पनि धनी हुनुहुन्छ । प्रधानमन्त्री ऋषि सुनक र उहाँकी श्रीमती अक्षता मूर्तिको सम्पत्ति ८४ करोड डलर छ । यसको मतलब उनीहरुको सम्पत्तिको मूल्य क्यारेबियनमा रहेका १६ वटा निजी टापुको मूल्य बराबर हो ।
बेलायतका राजा चार्ल्सको सम्पत्ति पनि सुनकको भन्दा कम छ भनिन्छ । त्यसैले सुनकलाई राजाभन्दा धनी प्रधानमन्त्री भनिन्छ ।

CONTINUE READING

बाल्यकालकाे दसैँ

मेरो बाल्यकालको केही अंश बाबाआमासँगै घरमै बसेर बित्यो भने केहि अंश पढाइको सिल्सिलामा छात्रावासमा बित्यो। सानो बेलामा दशैँ पर्व साह्रै रमाइलो लाग्थ्यो। सुनसान गाउँमा शहरबाट फर्किनु भएका आफन्तहरूले गर्दा चहलपहल सुरु हुन्थ्यो। उहाँहरू लामो समयपछि दशैँ मनाउन गाउँमा आउँदा शहरको कोसेली बोकेर हाम्रो घरमा पनि आउनु हुन्थ्यो। शहरको मिठाइ खान पाएपछि त हामी बच्चाहरूको मन फुरुङ्गै हुन्थ्यो। हाम्रा दाजुदिदीहरू मिलेर घटस्थापनाको दिन चौरमा ठूलो पिङ हाल्नु हुन्थ्यो। पिङ हाल्ने बित्तिकै हामी केटाकेटीहरू पिङ खेल्न झुम्मिन्थ्यौँ।

CONTINUE READING

गौरी प्रधान एउटा फुलेको फूलभित्र

गौरी प्रधान नेपाल बाल मजदुर सरोकार केन्द्र (सिविन) का प्रणेता, नेपाली बालबालिकाहरूका लागि धेरै काम गरिसकेका र गरिरहेका एक सक्रिय व्यक्तित्व हुन् । नेपाली समाजमा संकटपूर्ण अवस्थामा बाँचिरहेका बालबालिकाहरूका लागि सिविनले पुर्‍याएको सेवा र सामाजिक चेतनाका लागि यसले खेलेको भूमिकामा निश्चय उत्साहप्रद छ ।

CONTINUE READING

 संसारको परिक्रमा गर्ने सबैभन्दा कान्छो पाइलट

बेल्जियम र बेलायतको दोहोरो नागरिकता भएका १७ वर्षीय किशोर म्याक रुथरफोर्डले विश्वमै एक्लै उडान भर्ने पाइटलको नयाँ कीर्तिमान कायम गरेका छन् । बुल्गेरियामा हिजो उनले उडान भरेको विमान अवतरण गरेपछि उनी सानो विमानमा एक्लै उड्ने सबैभन्दा कान्छो पाइलट बनेका हुन् ।

CONTINUE READING