चितवनको ट्रमा अस्पतालमा १८ हजार शल्यक्रिया
चितवनमा रहेको एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टर, भरतपुरमा विगत १० वर्षमा १८ हजार शल्यक्रिया भएका छन् । विसं २०६८ बाट सञ्चालनमा आएको अस्पतालमा हालसम्म हाडजोर्नीका ती शल्यक्रिया भएका हुन् । अस्पतालका कार्यकारी अध्यक्ष तथा प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा प्रमोद लामिछानेले आफ्नो अध्ययनपछि यहाँ अस्पताल खोल्नुभएको हो ।
अस्पतालले १०औँ वर्ष पार गरेको छ । डा लामिछानेले पहिलो वर्ष नयाँ भएकाले धेरैले विश्वास नगरेको बताउँदै विस्तारै विरामीको चाप बढ्न थालेको बताउनु भयो ।

