बालसाहित्य लेखक रामबाबु सुवेदी र बालप्रतिभा साेइना दाहालको कुराकानी

‘आइतबार विहानै…’, ‘मेरो गाउँ ज्यामिरे, जामुनीको छोरो म…’, ‘हिमालमा हिउँ तराइमा तोरी नेपालका हामी प्यारा छोराछोरी…’ आदि जस्ता चर्चित गीत मैले सानैदेखि सुनेकी थिएँ । ती गीत सुन्दा मेरा मनमा यति मिठा गीत कसले लेख्नुभएको होला भन्ने जिज्ञासा जाग्रित भएको थियो । यति राम्रा गीत रामबाबु सुवेदीले लेख्नुभएको हो भन्ने कुरा मैले अलिपछि मात्र थाहा     पाएँ । त्यसपछि उहाँलाई भेट्ने र कुराकानी गर्ने इच्छा जाग्यो । त्यो इच्छा २०८० असार २४ गते आइतबारका दिन पूरा भयो । यही भेटघाटमा मैले रामबाबु सुवेदीसँग मिठा मिठा कुरा गर्न पाएँ । यो वातावरण मिलाइदिनुहुने केटाकेटी अनलाइन बालपत्रिकाका सम्पादक कार्तिकेय घिमिरे र अमूल्य समय तथा ज्ञान दिनुहुने रामबाबु सुवेदीलाई धेरै धेरै धन्यवाद !

CONTINUE READING

केटाकेटी अनलाइन कान्छा चित्रकार र वर्षका उत्कृष्ट बालसाहित्य लेखक पुरस्कृत

आज स्वस्तीश्री गुरुकुल आइबी वल्र्ड स्कुल, सानो भर्‍याङ, काठमाडौँको प्राङ्गणमा केटाकेटी अनलाइन वर्षका कान्छा चित्रकार पुरस्कार कलाकार आश्रिति श्रेष्ठलाई र केटाकेटी अनलाइन वर्षका उत्कृष्ट बालसाहित्य लेखक पुरस्कार २०२१ सर्जक सुशीला देउजालाई प्रदान गरिएको छ ।
स्वस्तीश्री स्कुलका निर्देशक मीना महर्जनको प्रमुख आतिथ्यितामा सम्पन्न कार्यक्रममा उक्त विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा आश्रिति श्रेष्ठलाई नगद रु पन्ध्र हजार र सम्मान पत्र सहित पुरस्कृत गरिएको थियो ।

CONTINUE READING

मीठो खाजा (कथा): सरिता अर्याल/ सम्पादक : शान्तदास

विद्यालयको खाजा खाने घण्टी बज्यो । कक्षा चारका बिद्यार्थीहरूलाई गृह–कार्य लेखिदिएर किरण सर कक्षा–कोठाबाट बाहिर निस्कनुभयो ।

CONTINUE READING

दुई बालप्रतिभा पुरस्कृत र अग्रज लेखक श्रेष्ठ सम्मानित

नेपाल बाल साहित्य समाजद्वारा हरेक वर्ष प्रदान गरिँदै आइएको जयपृथ्वी बालप्रतिभा पुरस्कारबाट यस वर्ष दुई जना बालप्रतिभाहरु पुरस्कृत हुनुहुने भएको छ । यस वर्ष प्रदान गरिने जयपृथ्वी बालप्रतिभा पुरस्कार (चित्र) आश्रिती श्रेष्ठ र जयपृथ्वी बालप्रतिभा पुरस्कार (साहित्य) समर्पण न्यौपाने लाई प्रदान गरिने निर्णय गरिएको समाचार प्राप्त भएको छ। चित्रकलातर्फ पुरस्कृत बालप्रतिभा आश्रिति स्वस्ती श्री गुरुकुल स्कुल, सानो भर्याङ, काठमाडौँमा कक्षा छ मा र साहित्यतर्फ पुरस्कृत बालप्रतिभा न्यौपाने ज्ञानदीप शिक्षा सदन, हेटौँंडामा कक्षा १० मा अध्ययनरत रहनुभएको छ ।

CONTINUE READING

लाै आयो नयाँ बालपत्रिका ‘लालपाते’

भाइबहिनीहरु, बजारमा नयाँ बालपत्रिका आएको छ । यो बालपत्रिकाको नाम लालपाते हो । यस पत्रिकाका प्रधान सम्पादक विमलकृष्ण श्रेष्ठ (आदरणीय कवि विमल निभा) भन्नुहुन्छ, “लालपातेलाई लालुपाते पनि भनिन्छ । यसको नामले नै थाहा हुन्छ, यसमा लाल रङको पात हुन्छ । लाल रङ कसलाई मन पर्दैन ? असलमा ‘लालपाते’ सबैलाई प्यारो लाग्ने लाल रङको फूल हो । त्यसैले हामीले लालपाते अघि ल्याएका हौँ । बालपत्रिका ‘लालपाते’ । ”

CONTINUE READING

रिजेन्ट स्कुल र केटाकेटी मिडियाबिच सहमति

ललितपुर- २३ धापाखेलमा अवस्थित विगत १३ वर्षदेखि स्तरीय शिक्षा प्रदान गर्दै आएको रिजेन्ट रेसिडेन्सियल स्कुल र केटाकेटी मिडिया (केटाकेटी अनलाइन बालपत्रिका) बिच बालबालिकाको सिर्जनात्मक लेखन क्षमताकाे विकासका लागि सहकार्य गर्ने सहमति भएको छ ।
आज रिजेन्ट रेसिडेन्सियल स्कुल, धापाखेल, ललितपुरमा भएको सहमति पत्रमा रिजेन्ट स्कुलका प्रधानाध्यापक नवराज सञ्जेल र केटाकेटी अनलाइन बालपत्रिकाका सम्पादक कार्तिकेय घिमिरेले हस्ताक्षर गर्नुभएको छ ।

CONTINUE READING

प्रतिभाशाली बालकवि विभूतिको ‘अर्जुनदृष्टि’ विमोचित  

नवसर्जक साहित्य चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष एवम् प्रतिभाशाली बालकवि विभूति अधिकारीको ‘अर्जुनदृष्टि’ नामक कविता सङ्ग्रह एक विशेष समारोहका बिच विमोचन भएको छ । याे बालकवि अधिकारीको दाेस्राे किताब हाे ।
नेपाली छन्द कविताको प्रवर्धनकाे अभियानमा लागिरहेको संस्था छन्द तरङ्गद्वारा आयोजित कार्यक्रम नवसर्जक साहित्य चौतारी नेपाल, ऐरावती प्रकाशन र एम्बिसन एकेडेमीकाे सहकार्यमा पद्मोदय माध्यमिक विद्यालय, काठमाडौँको सभाहलमा सम्पन्न भएको थियाे ।

CONTINUE READING

क्वालिटी स्कुलको २५ औं स्थापना दिवसमा ‘पढाउनलाई पढौं’ कार्यक्रम

क्वालिटी इङ्गलिस सेकेन्डरी स्कुल, चाँगुनारायण–६, नगरकोट फेदी, भक्तपुरले आफ्नो २५ औं स्थापना दिवस अभिभावक, विद्यार्थी र शिक्षककेन्द्रित गतिविधिहरू सञ्चालन गरेर मनाउँदै आएको छ । सोही क्रममा मिति २०८० श्रावण ५ गते, शुक्रबारका दिन ‘पढाउनलाई पढौं’ र हस्तलेखन प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा शिक्षणरत सम्पूर्ण शिक्षकहरूको प्रभावकारी शिक्षण हेतू आयोजित उक्त कार्यक्रमहरू नगरकोटस्थित होटल हिमालयन ग्लासियरको सभाहलमा सम्पन्न भएको थियो ।

CONTINUE READING

आदरणीय कवि श्यामप्रसादको चर्चित बालकविता ‘राम्रो–नराम्रो’

क ख ग घ ए बी सी डी लेख्ने बानी राम्रो
रिसाउने, कराउने, रुने बानी नराम्रो ।
खाजा खाने बानी राम्रो, भोकै बस्ने नराम्रो ।
कोची कोची खाने बानीचाहिँ नराम्रो ।१।

CONTINUE READING

११ वर्षकी बालकलाकारले एक करोड दान गर्नुभयो

दक्षिण भारतीय सिनेमाका सुपर स्टार नायक महेशबाबुकी छोरी सीताराले आफ्नो ११ औं जन्मदिनका अवसरमा वेसहारा मानिसहरुलाई सहयोग गर्न एक करोड रुपियाँ दान गर्नु भएको छ ।
मूलत दक्षिण भारतमा अत्यन्त लोकप्रिय यी बाल कलाकार हालसालै एउटा प्रसिद्ध ज्वेलरी कम्पनीको सद्भावना दूत समेत बन्नुभएको छ ।

CONTINUE READING