आदरणीय कवि श्यामप्रसादको चर्चित बालकविता ‘राम्रो–नराम्रो’

क ख ग घ ए बी सी डी लेख्ने बानी राम्रो
रिसाउने, कराउने, रुने बानी नराम्रो ।
खाजा खाने बानी राम्रो, भोकै बस्ने नराम्रो ।
कोची कोची खाने बानीचाहिँ नराम्रो ।१।

CONTINUE READING

११ वर्षकी बालकलाकारले एक करोड दान गर्नुभयो

दक्षिण भारतीय सिनेमाका सुपर स्टार नायक महेशबाबुकी छोरी सीताराले आफ्नो ११ औं जन्मदिनका अवसरमा वेसहारा मानिसहरुलाई सहयोग गर्न एक करोड रुपियाँ दान गर्नु भएको छ ।
मूलत दक्षिण भारतमा अत्यन्त लोकप्रिय यी बाल कलाकार हालसालै एउटा प्रसिद्ध ज्वेलरी कम्पनीको सद्भावना दूत समेत बन्नुभएको छ ।

CONTINUE READING

प्रखर बालप्रतिभा विभूती अधिकारी भन्नुहुन्छ …

मेरो नाम विभूति अधिकारी हो । म कक्षा ११ मा विज्ञान विषय लिएर एम्बिसन एकेडेमी, नयाँ बानेश्वरमा पढ्दै छु। मेरो बाबाको नाम रामप्रसाद उपाध्याय अधिकारी हो भने मामुको नाम गायत्री कुमारी भट्टराई हो । मेरो जन्म २०६३ साउन ५ गते फाकफोकथुम, इलाममा भएको हो । म अहिले वरिष्ठ उपाध्यायको रूपमा नवसर्जक साहित्य चौतारी नेपालमा आबद्ध छु । मेरो अद्भुत इन्द्रेनी (खण्डकाव्य-२०७७) प्रकाशित छ ।

CONTINUE READING

नानीका कविको जन्मजयन्तीमा रामबाबु सुवेदी पुरस्कृत

भाइबहिनीहरु, नानीका कवि कृष्णप्रसाद पराजुलीको स्मृतिमा स्थापित ‘रमाइला नानी बालसाहित्य पुरस्कार’ आज एक विशेष समारोहबिच चर्चित बालसाहित्य लेखक रामबाबु सुवेदीलाई प्रदान गरिएको छ ।
कमलादी, काठमाडौँमा रहेको युनिग्लोब विद्यालयमा आयोजित आजको कार्यक्रममा समारोहका प्रमुख अतिथि वरिष्ठ लेखक एवम् वातावरणविद् डा. तीर्थबहादुर श्रेष्ठले १० हजार नगद र प्रमाणपत्रसहित कवि सुवेदीलाई पुरस्कार अर्पण गर्नुभयो ।

CONTINUE READING

एसइइ परीक्षामा ग्रिनफिल्डको उत्कृष्ट नतिजा

गुणस्तरीय, वैज्ञानिक, व्यवहारिक र समयसापेक्ष शिक्षा प्रदान गर्दै आएको अग्रणी शैक्षिक संस्था संस्था ग्रिनफिल्ड नेशनल सेकेण्डरी स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पनि विगतको उत्कृष्ट नतिजाको इतिहासलाई निरन्तरता दिएको छ ।
ग्रिनफिल्डबाट शैक्षिक सत्र २०७९ को एसइई परीक्षामा सहभागी ८३ .विद्यार्थीमध्ये ३.९५ जीपीएसहित आकृति पराजुलीले सर्वोत्कृष्ट स्थान ल्याएकी छन् । जेनिशा महर्जन, श्वेता पाख्रिन, प्रनिती बराल, रिदम बुढाथोकी र रुबिना शाक्यसहित ५ जना विद्यार्थीले ३.९० जीपीए हासिल गरेका छन्।

CONTINUE READING

ब्राइट फ्युचर माविका विद्यार्थीलाई अन्तर्राष्ट्रिय पुरस्कार

मेक्सिकोमा आयाेजना भइरहेको आईएसएफ वर्ल्ड स्कुल तेक्वान्दो च्याम्पियनसिपमा चन्द्रागिरि नगरपालिका- १४ नैकापस्थित ब्राइट फ्युचर माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थी उज्ज्वल वाग्लेले पुरुष ६८ केजीमाथि तौल समूहमा रजत पदक जित्नुभएकाे छ ।
इन्टरनेसनल स्कुल स्पोर्ट्स फेडरेसन (आईएसएफ) को आयोजनामा १८ जुनदेखी मेक्सिकोमा आयाेजना भइरहेको यस अन्तर्राष्ट्रिय प्रतियोगिता जुन २६ सम्म सञ्चालन हुनेछ ।

CONTINUE READING

बाल पुस्तकको चित्रकला : स्पन्दनमा शान्ता हिताङ

नेपाली बालबालिकाहरू विस्तारै पुस्तकको साथी भएको कुरामाथि गर्व गर्न थालेका छन् । उनीहरू पाठ्यपुस्तक बाहेकका आफूले पढेका पुस्तकको नाम लिन पनि उत्साहित देखिन थालेका छन् ।

CONTINUE READING

अमेजनलाई ३ करोड अमेरिकी डलर जरिवाना

बहुराष्ट्रिय कम्पनी अमेजनले बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोपमा ३ करोड अमेरिकी डलर जरिवाना तिर्नुपर्ने भएको छ । अमेजनले बजारमा ल्याएको आवाज सहितको क्यामरा जडित ढोकामा राख्ने घन्टी एलेक्सा र डोरबेलका माध्यमबाट बालबालिकाको गोपनियता उल्लंघन गरेको पुष्टि भएपछि अमेजनलाई जरिवाना तिराइने भएको हो । ढोकामा जडान गरिने एलेक्सा नामक उपकरणमा राखिएको भोइस एसेस्टेन्सका माध्यमबाट गोप्य रुपमा तथ्यांक संकलन गरिएको पाइएको छ ।

CONTINUE READING

अग्रज लेखक शान्तदासलाई “बालसाहित्य रत्न” उपाधि

नेपाल बालसाहित्य समाजको अगुवाईमा विभिन्न विद्यालय र पुस्तकालयसमेत गरी ११ वटा संस्थाहरुद्वारा नेपाली बालसाहित्यका विशिष्ट स्रष्टा शान्तदासलाई “बालसाहित्य रत्न” उपाधि प्रदान गरिएको छ । अग्रज लेखक शान्तदासको ९० औं शुभजन्मदिनको अवसर पारेर हिजो आयोजित एक विशेष कार्यक्रममा सो उपाधि दिइएको हो ।

CONTINUE READING