आकाश धर्तीको विछोड

कुनै जङ्गलमा धर्ती र आकाश नाम गरेका एक जोडी भँगेरा भँगेरी बस्थे । उनीहरू एक अर्कालाई असाध्यै माया गर्थे । एक दिनको कुरा हो, जङ्गलमा परी नाम गरेकी भँगेरी कतैबाट बसाईं सरेर आई । उसको सुन्दरता देखेर सबै भँगेराहरू लोभिए ।

CONTINUE READING

साना बालबालिकालाई माेबाइल किन दिनु हुँदैन ?

हालसालै विश्व स्वास्थ्य संगठनले एक रिपोर्ट जारी गरी साना बालबालिकाको स्वास्थ्यसँग सम्बन्धित निर्देशिका जारी गरेको छ । जसमा भनिएको छ, बालबालिकाको सही र सम्पूर्ण विकाशको लागि इलेक्ट्रोनिक स्कृिनहरूलाई उनीहरूको जीवनको हिस्सा बन्न नदिनु अत्यन्त जरुरी हुन्छ। विश्व स्वास्थ्य संगठन मान्दछ कि इलेक्ट्रॉनिक डिवाइस हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा बनिसकेको छ तर सम्भव भएसम्म बालबालिकालाई यसबाट टाढै राख्नु अत्यन्त राम्रो हुन्छ। खासगरी ५ वर्ष भन्दा कम उमेरका बालबालिकालाई टाढा राख्नु पर्छ।

CONTINUE READING

साहित्य अकादमी बालसाहित्य पुरस्कार प्राप्त लेखक स्नेहलता राई

साहित्यकार स्नेहलता राई भारत सरकारले प्रदान गर्ने प्रतिष्ठित पुरस्कार बालसाहित्य अकादमी पुरस्कार नेपाली भाषाका लागि प्राप्त गर्न सफल लेखिका हुनुहुन्छ । उहाँ ६ जनवरी सन् १९५० मा तकभर, दार्जिलिङ, भारतमा जन्मनु भएको हो । साहित्यकार पिता रोबीन नेचाल र माता शारदा नेचालकी सुपुत्री स्नेहलता पति पूरण थुलुङ राईसँगै अहिले माउन्ट हर्मन स्टेट, दार्जिलिङमामा बस्नुहुन्छ । उहाँ पिप्ली प्रा. पाठशालाको पूर्व प्रधान अध्यापिका हुनुहुन्छ । उहाँले शिक्षण पेशाबाट सन् २०१० मा अवकाश प्राप्त गर्नु भएको थियो ।

CONTINUE READING

आदरणीय लेखक माधव सयपत्रीसँग कुराकानी

साथै २०६८ सालको ‘पारिजात पाण्डुलिपि पुरस्कार’ पाएको ‘साहसी साथी’ बालउपन्यास यसै वर्ष बालबालिकाको हातमा पर्नेछ । यो मेरो पछिल्लो कृति हो ।
सिद्धान्तको फेरो समातेर मात्र लेख्नु पर्छ भन्ने रुढ विचार म राख्दिनँ । तर आफूले लेखेको रचना पश्चगमनको मतियार नहोस्, अन्धविश्वासको वकालत नगरोस्, पढ्नेहरूले केही ‘खास’ अनुभूत गरून् भन्ने कुरामा भने सचेत छु ।

CONTINUE READING

विश्वकै सबैभन्दा ठुलो बालसाहित्य पुरस्कार

भाइबहिनीहरु, स्वीडेनी लेखक अस्ट्रिड लेनग्रेनकाे स्मृतिमा स्थापित विश्वकै सबैभन्दा ठुलो बालसाहित्य पुरस्कार अस्ट्रिड लेनग्रेन स्मृति पुरस्कार २०२३ (Astrid Lindgren Memorial Award 2023) बाट अमेरिकी लेखक लौरी ह्याल्स एन्डरसन पुरस्कृत हुनुभएकाे छ। उहाँले यस पुरस्कार वापत ५ मिलियन स्विडिश क्रोना पाउनुभएकाे छ। जुन रकम अहिलेको दर अनुसार 475,000 डलर अर्थात नेपाली रकम ६ कराेड २२ लाख भन्दा धेरै हुन्छ । उक्त पुरस्कार घाेषणाको प्रत्यक्ष प्रसारण मार्च ७ का दिन स्टकहोमका साथसाथै बेलोनिया चिल्ड्रेन्स बुक फेयरमा गरिएको थियो ।

CONTINUE READING

बालसाहित्य समाजबाट विभिन्न सर्जकहरु पुरस्कृत

भाइबहिनीहरु, नेपाल बालसाहित्य समाज नेपाली बालसाहित्यकाे विकासका लागि स्थापित सबैभन्दा पुरानाे संस्था हाे । विक्रम सम्वत २०४४ मा स्थापित यस संस्थाले आफ्नो स्थापनाकालदेखि हरेक वर्ष, वर्षभरिमा प्रकाशित बालसाहित्यका पुस्तकहरूमध्ये वर्षको सर्वोत्कृष्ट बालसाहित्य लेखन र चित्राङ्कनतर्फ बेग्लाबेग्लै पुरस्कार दिँदै आएको छ । साथै यस संस्थामा विभिन्न दाताहरूबाट अक्षय कोशमा रकम जम्मा गरी सोको ब्याजबाट सञ्चालन हुने गरी वि.सं. २०७९ सालमा विभिन्न नयाँ पुरस्कारहरू स्थापित भएका छन् ।

CONTINUE READING

पराक्रम बालप्रतिभा पुरस्कार एलिशा र योगेशलाई

कवि, कथाकार एवम् समालाेचक महेश पाैड्यालद्वारा अल्पायुमै बितेका पुत्ररत्नकाे नाममा स्थापित ‘पराक्रम बालप्रतिभा पुरस्कार’ बाट वर्ष २०७८ का लागि तामाकोशी गाउँपालिका, च्यामाहावा दोलखाकी एलिशा फुयाल र २०७९ का लागि केपिलासगढी गाउँपालिका, बाक्सिला, खोटाङका योगेश राईलाई पुरस्कृत गर्ने निर्णय गरिएको छ ।
यस पुरस्कारलाई व्यवस्थापन गरिरहेको पर्वतीय साहित्य समाज नेपालका अध्यक्ष साहित्यकार प्रतीक ढकालको अध्यक्षतामा शुक्रबार काठमाडौँमा बसेको प्रतिभा छनोट समितिको बैठकले याे निर्णय गरेकाे हाे ।

CONTINUE READING

फागुन २० गते बालसाहित्य महाेत्सव

रातो बंगला स्कुल र रातो बंगला किताबले आयोजना गर्दै आएकाे बालसाहित्य महोत्सव यस वर्ष यही फागुन २० गते आयोजना गरिने भएकाे छ । याे महाेत्सव सन् २०१५ देखि आयोजना गर्न शुरु गरिएको हो । रातो बंगला स्कुलको प्राङ्गणभित्र आयोजना गरिने यस महोत्सवमा भाग लिन चाहने दर्शकले जनाही रु. २०० रुपियाँ शुल्क तिर्नुपर्ने महोत्सवका संयोजक मोनिता गुरुङले बताउनुभएको छ ।

CONTINUE READING

रिजेन्ट स्कुलको ११ औँ वार्षिक उत्सवमा सजिएको नेपाल

विभिन्न क्षेत्र र समुदायका विविध भेषभूषामा सजिएका बालबालिकाहरुकाे प्रस्तुति हेर्दा लाग्थ्याे हिजाे फागुन १३ गते शनिवार रिजेन्ट स्कुलकाे उत्सवमा पूरै नेपाल देश सजिएकाे थियाे । नेपाल देशकाे सांस्कृतिक पहिचान बोलिरहेको थियाे । हो, यो भिडियो तिनै विविधता भित्र समेटिएकाे नेपाली एकताको साक्षी हो । जहाँ बालबालिकाहरुले फरकफरक भेषभूषामा फरकफरक विविध स्वादका नृत्यहरु प्रस्तुत गर्नुभएको थियाे ।

CONTINUE READING

डाक्टर सन्दुक रुइतकाे जीवनी 

हजाराैँलाई आँखाको उपचार गरी ज्योति प्रदान गर्नुहुने आँखा रोग विशेषज्ञ डाक्टर सन्दूक रुइतको जीवनी यस अंकमा हामीले प्रस्तुत गरेका छौँ । उहाँ आँखा चिकित्सकका रुपमा विश्वमै चर्चित व्यक्तित्व हुनुहुन्छ ।

CONTINUE READING