सत्यमोहन जोशीबाट सिक्नुपर्ने तीन कुरा

आज वैशाख ३० गते । यो दिन आदरणीय सत्यमोहन जोशीको १०४ औँ जन्म जयन्तीको दिन हो । आज सत्यमोहन जोशीबाट हामीले सिक्नुपर्ने तीन कुराहरुबारे चर्चा गर्न लागेका छौँ ।
चर्चा गर्नुपर्ने ती तीन कुराहरु निम्नलिखित रहेका छन् :

CONTINUE READING

‘मन्थली कोपिला’ बालपत्रिका विमोचन

मन्थली नगरपालिकाले २०८० वैशाखदेखि प्रकाशन गरेको बाल मासिक पत्रिका ‘मन्थली कोपिला’ एक समारोहबिच बिहीबार मन्थली नगरपालिकाको सभा हलमा विमोचन भएको छ । सो बाल पत्रिकाको विमोचन मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ, मन्थली नगरपालिकाका प्रशासन महाशाखा प्रमुख हेमन्तकुमार बुढाथोकी र मन्थली माध्यमिक विद्यालयका प्रधानाध्यापक डा.टंकप्रसाद दहालले संयुक्तरूपमा गर्नु भएको थियो ।

CONTINUE READING

रमेश विकल साहित्य प्रतिष्ठानद्वारा स्थलगत साहित्य लेखन प्रतियागिता सम्पन्न

गोकर्णेश्वर नगरपालिकाको सहयोगमा रमेश विकल साहित्य प्रतिष्ठानद्वारा आज आयोजित स्थलगत कथा, कविता र निबन्ध लेखन प्रतियोगितामा प्रमुख अतिथि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सदस्य माननीय सन्तोष चालिसेले पुरस्कृत पन्ध्रजना छात्रछात्रालाई प्रमाणपत्र प्रदान गर्नुभयो ।
उक्त अवसरमा विशिष्ट अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले पुष्पगुच्छा तथा कार्यक्रमका सभापति वरिष्ठ साहित्यकार रोचक घिमिरेले नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

CONTINUE READING

आमाको माया

भरतपुर गाउँमा एउटी विधवा महिला बस्थिन् । उनको नाम यशोदा थियो । उनी गर्भवती भएकी थिइन् । बिहे गरेको वर्ष दिनमै उनको लोग्ने गाडी दुर्घटनामा परी बितिसकेको थियो । यशोदाले ज्याला मजदुरी गरी आफ्नाे पेट पालिरहेकी थिइन् । यसै क्रममा उनको छोरा जन्मियो ।

CONTINUE READING

डिएभी स्कुल विवाद : दोषी को ?

डिएभी स्कुलमा कक्षा ८ मा पढ्ने छात्रा फेल भएपछि शिक्षकले उनलाई गरेको दुर्व्यवहारको घटना अहिले चर्चाको विषय बनेको छ । अहिले विद्यालयका विरुद्ध सामाजिक सञ्जालमा थुप्रै पोस्टहरु पढ्न पाइन्छ । यस विषयमा विद्यालय र शिक्षक नै दोषी छन् भन्ने विचारको बहुमत देखिन्छ ।

CONTINUE READING

साहित्यकार पारिजातको ३० औं स्मृति दिवस सम्पन्न

सुप्रसिद्ध साहित्यकार पारिजातको ३० औं स्मृति दिवसका अवसरमा पारिजात स्मृति केन्द्रले स्मृति भवन म्हेपी, नयाँबजारमा एक कार्यक्रमको आयोजना गर्‍यो । स्मृति केन्द्रका अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् साहित्यिक पत्रकार रोचक घिमिरेले साहित्यकार पारिजातसँगका वि. सं. २०१८ सालदेखिका संस्मरण प्रस्तुत गर्नुहुँदै महाकवि देवकोटा पछि नेपाली साहित्यमा दोस्रो स्थान पारिजातको रहेको विचार प्रस्तुत गर्नुभयो ।

CONTINUE READING

कोरोना भाइरस रोग (कोभिड–१९)

हाल विश्वभरि फैलिरहेका नयाँ भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड–१९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ ।
कोरोना भाइरस श्वाशप्रश्वासको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्तिले खोक्दा वा हाछ्यूँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ ।

CONTINUE READING

आकाश धर्तीको विछोड

कुनै जङ्गलमा धर्ती र आकाश नाम गरेका एक जोडी भँगेरा भँगेरी बस्थे । उनीहरू एक अर्कालाई असाध्यै माया गर्थे । एक दिनको कुरा हो, जङ्गलमा परी नाम गरेकी भँगेरी कतैबाट बसाईं सरेर आई । उसको सुन्दरता देखेर सबै भँगेराहरू लोभिए ।

CONTINUE READING

साना बालबालिकालाई माेबाइल किन दिनु हुँदैन ?

हालसालै विश्व स्वास्थ्य संगठनले एक रिपोर्ट जारी गरी साना बालबालिकाको स्वास्थ्यसँग सम्बन्धित निर्देशिका जारी गरेको छ । जसमा भनिएको छ, बालबालिकाको सही र सम्पूर्ण विकाशको लागि इलेक्ट्रोनिक स्कृिनहरूलाई उनीहरूको जीवनको हिस्सा बन्न नदिनु अत्यन्त जरुरी हुन्छ। विश्व स्वास्थ्य संगठन मान्दछ कि इलेक्ट्रॉनिक डिवाइस हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा बनिसकेको छ तर सम्भव भएसम्म बालबालिकालाई यसबाट टाढै राख्नु अत्यन्त राम्रो हुन्छ। खासगरी ५ वर्ष भन्दा कम उमेरका बालबालिकालाई टाढा राख्नु पर्छ।

CONTINUE READING