‘दैवज्ञ बालसाहित्य पुरस्कार’ बाट रामबाबु सुवेदी पुरस्कृत
दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठान, काठमाडौँले हरेक वर्ष प्रदान गर्दै आएको ‘दैवज्ञ बालसाहित्य पुरस्कार’ यस वर्ष २०८० का लागि वरिष्ठ बालसाहित्यलेखक रामबाबु सुवेदीलाई प्रदान गरिने भएको छ ।
साहित्य सिर्जन, प्राध्यापन र समाजसेवा क्षेत्रका बहुआयामिक व्यक्तित्व प्रेरणापुरुष दैवज्ञराज न्यौपाने (१९९९-२०६८) का योगदानका विभिन्न पक्षको अध्ययन, अनुसन्धान र प्रचारप्रसार गरी विशिष्ट कृति र कीर्तिलाई चिरस्थायी बनाउने