बालक विरुद्ध हुने हिंसा अन्त्यका लागि समूह
यौन हिंसा, दुर्व्यवहार भन्नसाथ हामीले अधिकांश रुपमा महिला र बालिकाहरु मात्र सोच्ने गर्दछौं । नेपालको विभिन्न कानूनहरु जस्तै अपराध संहिता अन्तर्गतको जबरजस्ती करणीको महलले समेत बालकमाथि जबरजस्ती करणी हुन सक्ने विषयमा मौन रहेको छ । त्यसैकारण बालकमाथिको बलात्कारको मुद्दा अप्राकृतिक मैथुन अन्तर्गत अघि बढ्ने गरेको छ । नेपालका विविध कानूनहरुमा बालकमाथिको हिंसाका विषयमा छलफल गर्न र यस मुद्दालाई पनि नेपालको बालअधिकारवादी आन्दोलन र ऐन तथा नीतिमा समेत स्थापित गर्नुपर्ने विषयमा सरोकारवालाहरुले एकसाथ आवाज उठाउनुभएकाे छ ।
CONTINUE READING
