बालबालिकालाई खोप

बच्चा जन्मिएपछि खोप तालिका बमोजिम तोकिएका खोपको सबै र पूरा मात्रा लगाएमा बालबालिकालाई सरुवा रोगहरुसँग लड्ने क्षमता प्राप्त हुन्छ ।
यसरी तोकिएका खोपको पूरा मात्रा लगाएमा यसले बालबालिकामा दीर्घकालीन रुपमा हुन सक्ने विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्दछ ।

CONTINUE READING

वरिष्ठ कलाकार हरिवंश आचार्यकाे नयाँ गीत

भाइबहिनहरु, वरिष्ठ कलाकार हरिवंश आचार्य अहिले गीत रचना, संगीत र गायनमा सक्रिय हुनुहुन्छ ।  उहाँले एक पछि अर्को गीत सार्वजनिक गरिरहनुभएकाे छ।  जनचेतनामूलक सृजनालाई सबै दर्शकमाझमा पुर्याउन सफल हरिवंशको भ्रष्टाचार नियन्त्रण र खबरदारीको संदेश बोकेको नयाँ गीत सार्वजनिक भएको छ।  

‘जस्को पनि दाउ छ खाने हो हाम्म हाम्म’ बोलको सार्वजनिक गीतमा हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको छ भने श्याम स्वेत रसाईलीको एरेन्ज रहेको छ ।

CONTINUE READING

दैनिक एक अर्बको खाना फ्याकिन्छ तर ८० करोड मानिस भोकै बस्न बाध्य छन्

विश्वभरका परिवारले सन् २०२२ मा प्रत्येक दिन एक अर्ब डलरको खाना खेर फाल्ने गरेको तथ्यांक छ । यसरी खानेकुरा फ्याकिनु ठूलो नोक्सानी भएको बताउँदै संयुक्त राष्ट्रसंघले  यसलाई विश्वव्यापी त्रासदीको रुपमा व्याख्या गरेको छ । जबकि खानाको अभावमा विश्वभर करिब ८० करोड मानिस भोकै बस्न बाध्य   छन् ।

कतै भोकमरीको विकराल अवस्था भइरहँदा केही घर तथा व्यवसायीहरुले १० खर्ब डलरभन्दा बढी मूल्यको खाना थन्क्याएर राखेको राष्ट्रसंघकै पछिल्लो फुड वेस्ट इन्डेक्स रिपोर्टमा उल्लेख छ ।

CONTINUE READING

एसईई सुरु

यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आजबाट सुरु भएको छ । बिहान ८ बजेबाट सुरु भएको परीक्षामा पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा रहेकाे छ ।
आज चैत १५ देखि सुरु भएको परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुनेछ । एसईईलाई व्यवस्थित, मर्यादित, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्ष लगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

CONTINUE READING

सार्वजनिक विद्यालयमा शुल्क नलिन र निजीमा मापदण्ड लागू गर्न निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वेवसाइटमार्फत सूचना प्रकाशन गरी सार्वजनिक विद्यालयमा अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी नियमावली, २०७७ को नियम ५ मा उल्लेख भए वमोजिम भर्ना शुल्क, मासिक पढाई शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तक वापत कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने व्यवस्थालाई सोही बमोजिम कार्यान्वयन गर्न/गराउन आग्रह गरेको छ ।

CONTINUE READING

आज तराईमा होली

रङहरूको पर्व होली आज तराई मधेसमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा होली अर्थात् फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो । तराई मधेसमा होली पर्व मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी(बर्दघाट सुस्ता पश्चिम), झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदै छ ।

CONTINUE READING

विश्व क्षयरोग दिवसः बालबालिकामा हुने क्षयरोगबारे अध्ययन हुनसकेन

आज विश्व क्षयरोग दिवस । यस वर्षको विश्व क्षयरोग दिवसको नारा “हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ” भन्ने रहेको छ । विश्वभर मार्च २४ मा यो दिवस मनाउने गरिन्छ । नेपालमा ४५ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँचबाहिर भएकाले क्षयरोग नियन्त्रणमा चुनौती देखिएको छ । क्षयरोग नियन्त्रणका लागि सरकार तथा विभिन्न गैरसरकारी निकायको प्रयास रहे पनि नियन्त्रण भने चुनौती छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा प्रत्येक वर्ष क्षयरोगका ७० हजार नयाँ बिरामी थपिने गरेका छन् । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले क्षयरोग नियन्त्रणमा चुनौती रहेको बताउँदै उपचारको पहुँचमा आउन नसकेका बिरामीमध्ये ३५ प्रतिशत महिला र ६५ प्रतिशत पुरुष रहेको बताउनु भयो ।

CONTINUE READING

एसईईको तयारी पुरा, यस वर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र कायम नै रहने

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी सकिएको जनाएको छ । चैत १५ गतेदेखि सुरु भई २७ गते सञ्चालन हुने परीक्षाका लागि बोर्डले देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभएको छ । उहाँका अनुसार यस वर्ष देशभरबाट करिब पाँच लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन्। यस वर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र कायम नै रहेको छ। गत वर्ष दुई हजार ३७ परीक्षा केन्द्र थिए । यस वर्ष २० वटा थपिएका छन् ।

CONTINUE READING

‘मुख स्वस्थ भए शरीर पनि चङ्गा हुन्छ’

‘अ ह्याप्पी माउथ इज अ ह्याप्पी बडी’ अर्थात् मुख स्वस्थ भए शरीर पनि चङ्गा हुन्छ भन्ने नाराका साथ आज विश्व मुख स्वास्थ्य दिवस मनाइँदै छ । स्वस्थ मुख उचित पाचनका लागि आवश्यक छ ।  सर्वोत्कृष्ट पोषणका लागि यसले खानालाई मिहिन बनाउन मात्र सघाउँदै स्वस्थ मुस्कान र आत्मसम्मान जोगाउन पनि मद्दत गर्छ । यो नाराले प्रवाह गर्ने सन्देश यही भएको दन्तचिकित्सकहरू बताउँछन् । मुख स्वस्थ भयो भने सम्पूर्ण शरीर नै नीरोगी रहन्छ । मुख स्वस्थ हुँदा हामी बोल्न, चपाउन र मुस्कुराउन सक्छौँ । आज मार्च २०, संसारभर विविध चेतनामूलक कार्यक्रमका साथ विश्व मुख स्वास्थ्य दिवस मनाइँदै छ ।

CONTINUE READING