बालबालिकाई इनर्जी ड्रिंक्स सेवन नगर्न मन्त्रालयको आग्रह
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिकाई इनर्जी ड्रिंक्स सेवन नगर्न आग्रह गरेकाे छ ।
CONTINUE READINGस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिकाई इनर्जी ड्रिंक्स सेवन नगर्न आग्रह गरेकाे छ ।
CONTINUE READINGएडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल, ईप्सन भक्तपुरको आयोजनामा मिति २०८३ जेठ २४ र २५ गते दुईदिने कविता लेखन प्रशिक्षण तथा कविता लेखन प्रतियोगिता सम्पन्न भएको छ। संस्थाका १० वटा सदस्य विद्यालयका कक्षा ५, ६ र ७ मा अध्ययनरत छात्रछात्रा सम्मिलित उक्त कार्यक्रममा बुढ्यौली साहित्यिक समाज भक्तपुरका साहित्यकार द्वय जिवनाथ अधिकारी र दिनानाथ पोख्रेलले कविता लेखन प्रशिक्षण प्रदान गर्नु भएको थियो।
CONTINUE READINGपन्त स्मृति प्रतिष्ठानको २५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न लेखकलाई सम्मान गर्न आयोजित समारोहका प्रमुख अतिथि विद्वान् व्यक्तित्व पूर्व राजदूत प्रा.डा. जयराज आचार्यले बालसाहित्य ऐकेडेमी स्थापना हुनुपर्छ भन्नुभएको थियाे ।
उक्त समाराेहमा बालसाहित्यमा विशेष योगदानका लागि केटाकेटी अनलाइन बालपत्रिकाका सम्पादक कार्तिकेय घिमिरे पुरस्कृत हुनुभएकाे थियाे ।
इन्टरनेशनल स्कुल,, धुम्बाराही, काठमाडौमा गत पुस ९ गते बुधवार सिर्जनशीलता, उद्यमशीलता र दिगोपनालाई प्रोत्साहन गर्ने विशेष बजार कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो । कार्यक्रममा अभिभावकको सक्रिय सहभागिता रहेको थियो । विद्यार्थीहरूले फोहोर सामग्रीबाट विभिन्न उपयोगी तथा आकर्षक वस्तुहरू निर्माण गरी बिक्री गरे ।
CONTINUE READINGनेपालमा बसेर नेपाली किम्बदन्ती र जातक कथामा आधारित नयाँ नाैलाे शैलीमा सुन्दर बालकथाकृति रचना गर्दै आउनुभएका अस्ट्रेलियन लेखक एवम् लिङ्कन स्कुलका शिक्षक लुइक डेविसद्वारा लिखित तेस्रो कृति माचिङ र यती बजारमा आएको छ । कला सिर्जनामा ख्यातिप्राप्त चित्रकार रत्नसागर श्रेष्ठको चित्रकलामा सजिएको यस कृति मंसिर २७ गते शनिवार नेपाली घर होटल, ठमेलमा आयोजित एक समारोमा सार्वजनिक गरिएको छ ।
CONTINUE READINGएडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेसन नेपाल (ईप्सन, भक्पुर) को फुटसल टुर्नामेन्ट २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। मिति २०८२ मंसिर २१ र २२ गते दुई दिन जगाती आदर्शस्थित हेल्दी फुटसलमा भएको उक्त प्रतियोगितामा सदस्य विद्यालयहरु मध्ये नौं वटा विद्यालयका जुनियर र सिनियर समूह गरी १८ वटा समूह बीच खेलहरु सम्पन्न भएका थिए । लिग चरणमा ७२ वटा खेलहरु खेलाइएका थिए। जसमा जुनियर समूह तर्फ ईडेन गार्डेन इङ्लिस स्कुल- प्रथम, सूर्योदय सेकेण्डरी स्कुल- द्वितीय, सेन्ट जोन्स इङ्लिस स्कुल- तृतीय र विमल मेमोरियल विद्यापिठ- सान्त्वना पुरस्कार जित्न सफल भएका थिए ।
CONTINUE READINGसाहित्यकार रामबाबु सुवेदी लिखित बालगीत ‘गहभरि आँसु’ (डिप टियर्स) को म्युजिक भिडियाे मंगलबार राजधानीको एक कार्यक्रममा लोकार्पण गरिएको छ ।
कार्यक्रममा रामबाबु सुवेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदी, पत्रकार-लेखक दीपक सापकोटा, डा. बुद्धिमान श्रेष्ठ, डा. रवीन्द्रमान श्रेष्ठ, प्रा.डा सन्ध्या श्रेष्ठ, अभिनेत्री सुरक्षा पन्त, बालकलाकार अन्सु क्षेत्री, कवि रेणु अधिकारी, साउण्ड इन्जिनियर प्रकाश खरेलले संयुक्त रूपमा यस म्युजिक भिडियाेकाे लोकार्पण गर्नुभएकाे थियाे ।
एसओएस हर्मन माइनर विद्यालय काभ्रेमा खेल सप्ताहको कार्यक्रम भव्य रूपले उद्घाटन भयाे । उक्त कार्यक्रमको उद्घाटन पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले गर्नुभयो । खेलप्रेमी विद्यार्थीलाई हौसला थप्दै भण्डारीले राष्ट्रलाई माया गर्नुहोस् , नैतिकवान् बन्नुहोस्, अनुशासित बन्नुहोस् भन्नुभयाे ।
सोमबारसम्म चल्ने उक्त कार्यक्रममा पूर्व प्राथमिक तहदेखि माध्यमिक तहसम्मका विद्यार्थीहरु बीचमा आन्तरिक प्रतिस्पर्धा हुनेछ ।
अन्तर विद्यालय लोक नृत्य तथा एकल नृत्य प्रतियोगिता- २०८२ सम्पन्न भएको छ। इडिफाइ प्राइभेट स्कूल अर्गनाइजेसन नेपाल (ईप्सन) को आयोजनामा सदस्य विद्यालय विमल मेमोरियल विद्यापीठमा उक्त कार्यक्रम समपन्न भएको हो । सो कार्यक्रममा ईप्सन अन्तर्गतको सदस्य विद्यालयहरूको सहभागिता रहेको थियो। विद्यालयको आफ्नै कार्यक्रम हलमा सम्पन्न सो नृत्य प्रतियोगिता सामूहिक र एकल गरी दुईवटा छुट्टाछुट्टै विधामा सञ्चालन गरिएको थियो ।
CONTINUE READINGनेशनल प्याब्सन भक्तपुरको सामूहिक लोक नृत्य प्रतियोगिता तथा एकल नृत्य प्रतियोगिता आज २०८२ भाद्र ६ गते क्वालिटी अंग्रेजी माध्यमिक विद्यालयको आयोजनामा भत्केपाटीस्थित ख्वप बैङ्क्वेटमा सम्पन्न भएको छ। सदस्य विद्यालयका विद्यार्थीहरु सम्मिलित उक्त प्रतियोगितामा सामूहिक लोक नृत्यमा १८ वटा विद्यालयले भाग लिएका थिए।
उक्त प्रतियोगितामा प्रसादी पाठशालाले प्रथम स्थान प्राप्त गरेको थियो भने युनिटी इङ्ग्लिस स्कुल र रिताम्भरा पाठशालाले द्वितीय र तृतीय स्थान हासिल गरेका िथए भने ईडेन गार्डेन इङ्लिस स्कुलले सान्त्वना पुरस्कार प्राप्त गरेकाे थियाे ।
CONTINUE READING