दुई वर्षपछि भौतिक उपस्थितिमै एसइइ परीक्षा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइइ बिहिबार शुरु भएको छ । कोरोना महामारीका कारण दुई वर्ष परीक्षा हुन सकेको थिएन । वि.सं २०७६ र २०७७ सालमा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइइको नतिजा सार्वजनिक गरेको थियो ।

CONTINUE READING

अब त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घन्टा सञ्चालनमा आउने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४सैं घण्टा सञ्चालनमा आउने भएको छ । बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि नियामक नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब २४सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।

CONTINUE READING

बेलायतका प्रधानमन्त्रीलाई जरिवाना  

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई प्रहरीले कारबाही गर्ने भएको छ । लकडाउनका बेलामा नियम उलङ्घन गरेर भोजमा सहभागी भएकोले उहाँलाई कारबाही हुने भएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।  घटना केही समय अगाडि नै भएको भए पनि प्रहरीले मङ्गलबार मात्रै उहाँ दोषी भएकोले कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको हो ।  प्रहरीले प्रधानमन्त्री बोरिससँगै एक कुलपति ऋषि सुनाकलाई पनि कारबाही हुने निष्कर्ष निकालिएको जनाएको छ ।

CONTINUE READING

जुनियर मेगा माइन्ड बजारमा आयो

नीमा एकेडेमीले दूर शिक्षासँगको सहकार्यमा सूचना प्रविधिमा आधारित सिकाइका लागि ‘डिजिटल बन्डल कोर्ष जुनियर मेगा माइन्ड बजारमा ल्याएको छ । प्राज्ञिक र गैरप्राज्ञिक गरी कोडिङ तथा रोबोटिक्ससहितका ती सामग्री कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई लक्ष्य गरी उत्पादन गरिएको नीमा एजुकेशन फाउन्डेशनका अध्यक्ष हरिमान प्रधानले जानकारी दिनुभयो ।

CONTINUE READING

बीबीसी मास्टर सेफको टोली

नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवर्धनका लागि ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोली आज नेपाल आउँदैछ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको आमन्त्रणमा ‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टहरुलाई नेपाल ल्याउन लागिएको हो । आज मध्याह्न नेपाल आइपुग्ने ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिने तयारी भएको पाटा नेपाल च्याप्टरले जनाएको छ ।

CONTINUE READING

राष्ट्रिय टाइफाइड खोप अभियान सुरु

नेपाल सरकारले आजदेखि गाभी, युनिसेफ, विश्व स्वास्थ्य सङ्गठन र अन्य साझेदार संस्थाहरूसँगको सहकार्यमा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत टाइफाइड खोपको सुरुवात गरेको छ । वैशाख १८, २०७९ सम्म आयोजना हुने यस राष्ट्रिय टाइफाइड खोप अभियानले १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरूलाई लक्षित गरेको छ । अभियानको क्रममा टाइफाइड खोप देशभरिका ५० हजार भन्दा धेरै खोप केन्द्रमा उपलब्ध हुनेछ ।

CONTINUE READING

भ्याली भ्यु इङ्लिस स्कुलका विद्यार्थीलाई अन्तर्राष्ट्रिय पुरस्कार

सन् २०२२ को फेब्रुअरी १ तारिखदेखि छिमेकी देश चीनमा बाघ वर्ष सुरु भएको छ । त्यस अवसरमा चीनको निङपो सहरको पुस्तकालयले आयोजना गरेको अन्तर्राष्ट्रिय बाल चित्रकला प्रतियोगितामा नेपाल-चीन प्रतिष्ठानको आह्वानमा नेपालका ७ देखि १४ वर्ष उमेर समूहका विद्यार्थी भाइबहिनीहरूले भाग लिनुभएकोमा प्रतियोगितामा भ्याली भ्यु इङ्लिस स्कुलका सर्जक खतिवडाले आन्तर्राष्ट्रिय पुरस्कार पाउनुभएकाे छ ।

CONTINUE READING

भङ्गेरी डाँडामा रग्बी रङ्गशाला निर्माण गरिँदै

चाँगुनारायण नगरपालिका–७ भङ्गेरीडाँडामा रग्बी अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण सुरु भएको छ । झण्डै १ सय ३५ रोपनी जग्गामा रु ५५ करोडको लागतमा सो रङ्गशाला निर्माण गर्न लागिएको हो । गुरुयोजना अनुसार रङ्गशाला निर्माण अघि बढाइएको जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष एवं चाँगुनारायण उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रीभक्त कासिछ्वाले जानकारी दिनुभयो ।

CONTINUE READING

पोखरामा खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु भयाे

पोखरामा २० औँ नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु भएको छ । प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजनामा सो प्रतियोगिता शुरु भएको हो । पोखरा महानगरपालिका–१८ सराङकोटमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारीले प्यारा पाइलट शिव थापालाई ग्लाइडर हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । सांसद पहारीले साहसिक पर्यटनका लागि उपयुक्त गन्तव्यका रुपमा रहेको जनाउँदै यस प्रतियोगिताले पोखरालाई साहसिक शहरको रुपमा चिनाउन थप सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

CONTINUE READING

 विश्वभर झण्डै आधा गर्भ धारण अनिच्छित  : युएनएफपिए  

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)ले विश्वभर झण्डै आधा गर्भधारण अनिच्छित हुने गरेको निष्कर्ष सहितको प्रतिवेदन सार्वजनिक गरेको छ । ‘स्टेट अफ वल्र्ड पपुलेसन २०२२’ नामक गत हप्ता सार्वजनिक प्रतिवेदनमा विश्वमा प्रत्येक वर्ष १२ करोड १० लाख महिला तथा किशोरी गर्भाधारणको इच्छा नहुँदानहुँदै पनि गर्भवती हुन बाध्य भइरहेको जनाउँदै युएनएफपिएले यसलाई विश्वव्यापी सङ्कट भनेको छ ।

CONTINUE READING