महाशिवरात्रि पर्व : पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो
महाशिवरात्री पर्व भगवान शिवजीको उपासना गरी भव्यताका साथ मनाइँदैछ । पवित्र पाशुपत क्षेत्रस्थित पशुपतिनाथ मन्दिरमा विहानैदेखि भक्तजनको भीड लागेको छ ।
CONTINUE READINGमहाशिवरात्री पर्व भगवान शिवजीको उपासना गरी भव्यताका साथ मनाइँदैछ । पवित्र पाशुपत क्षेत्रस्थित पशुपतिनाथ मन्दिरमा विहानैदेखि भक्तजनको भीड लागेको छ ।
CONTINUE READINGभक्तपुरको ऐतिहासिक रानीपोखरी (न्हू पुखू) सर्वसाधारणका लागि खुला गरिएको छ । नेपाल संवत् ७५० मा जगज्योति मल्लको पालामा निर्माण भई राजा जितामित्र मल्लले पुनःनिर्माण गरेको रानीपोखरीको नगरपालिकाले पुनः जीर्णोद्वार गरेको हो । कला र संस्कृतिको संरक्षणमा पछिल्लो पुस्ता लाग्नु पर्नेमा वुद्धिजीवीहरुले जोड दिएका छन् । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पुरातत्व विभाग, प्रशासन र मालपोत कर्मचारीको मिलेमतोमा सांस्कृतिक सम्पदा नै व्यक्तिको नाममा जाने डर भएको भन्दै सम्पदा र सार्वजनिक सम्पत्तिको रक्षा गर्ने कार्य नगरपालिकाको जिम्मा लगाउनुपर्नेमा जोड दिनुभयो ।
CONTINUE READINGरुकुम पूर्वस्थित सानीभेरी नदीमा जलयात्रा (र्याफटिङ) गर्न सकिने भएको छ । लुम्बिनी प्रदेश, पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालयको प्राविधिक टोलीले हालै नदीमा जलयात्राका लागि गरेको परीक्षण सफल भएको छ । मन्त्रालयका प्राविधिक विवेक शाहले सानीभेरी नदीमा जलयात्रा गर्न सकिने बताउनु भएको छ । यसका लागि परीक्षण गर्दा सफल भयो । यस वर्ष प्रदेशका विभिन्न नदीमा गरेका परीक्षणलाई केलाउँदा यो नै उत्कृष्ट परीक्षण हो । टोलीले भुमे गाउँपालिका–५ को सौरीखोलाबाट बालुवा, सिस्ने–६ को धाउने र ७ को नाथिगाड हुँदै सिस्नेरीसम्म र्याफ्टिङ परीक्षण गरेको थियो ।
CONTINUE READINGके तपाईं चन्द्रागिरी नगरवासी हुनुहुन्छ ? हुनुहुन्छ, भने अब तपाईं स्थानीय सरकारबाट पाउने सेवा सुविधा लिन नजिकको वडा कार्यालय धाइरहनु पर्दैन । यतिमात्र होइन, तपाईंले स्थानीय सरकारलाई बुझाउनुपर्ने सेवा शुल्क, कर र राजस्व अनलाइन मार्फत् तिर्न सक्नुहुनेछ ।
CONTINUE READINGभरतपुर महानगरपालिकाले महानगरभित्रका ६ सय ९२ विद्यार्थीका लागि छात्रवृत्ति वितरण गरेको छ । महानगरभित्रका ६७ विद्यालयका कक्षा १ देखि ८ सम्मका लोपोन्मुख तथा सीमान्तकृत बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको हो । महानगरले एक जना विद्यार्थीलाई रु तीन हजारका दरले रु २० लाख ७६ हजार नगद रकम छात्रवृत्ति वितरण गरेको हो । महानगरको शैक्षिक प्रशासन महाशाखाले ११ विद्यालयका २ सय ४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
CONTINUE READINGरुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डनबास क्षेत्रमा सैन्य कारवाहीको घोषणा गर्नुभएको छ । राष्ट्रपति पुटिनले युक्रेनी सेनालाई पूर्वी युक्रेनको युद्धग्रस्त क्षेत्रबाट हतियार विसाएर घर फर्कन पनि आग्रह गर्नुभएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमेर जेलेनेस्कीले अहिले गरिएको आक्रमण युरोपेली महाद्धीपकै लागि ठूलो युद्धको सुरुवात भएको प्रतिक्रिया दिनुभएको छ । युद्धको त्रास बढेसँगै यसअघि नै युक्रेनले ३० दिने संकटकालको घोषणाको छ । मध्यराति राष्ट्रका नाममा संवोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेनेस्कीले रुसको रुसी आक्रमणको डटेर सामना गर्ने बताउनु भएको छ ।
CONTINUE READINGबेलायतमा कोभिड रोकथामका लागि लगाएका सबै प्रतिबन्ध बिहीबारदेखि हटाइएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आजैदेखि लागू हुने गरी कोरोनासँग सम्बन्धित सबै प्रतिबन्ध हटाउने बताउनु भएको हो । बेलायतले जनवरी देखि नै अनिवार्य मास्क लगाउने र सङ्क्रमण नियन्त्रणका लागि अपनाइएका कडा खालका प्रतिबन्धात्मक उपायहरूलाई अन्त्य गरिसकेको थियो ।
प्रधानमन्त्री बोरिस जोन्सनले गरेको नयाँ घोषणापछि बिहीबार देखि नै विद्यालय, कलेज तथा बाल हेरचाह संस्थाका कर्मचारीले हप्तामा दुईपटक कोरोना परीक्षण गराउनु पर्ने यस पहिलेको प्रावधान हट्ने छ भने कसैलाई कोभिड पुष्टि भएको भएपनि छुट्टै (एकान्त) मा बस्नु पर्ने छैन ।
दक्षिण कोरियामा जन्मदर घटेको छ । यसअघि ०.८४ प्रतिशत जन्मदर रहेकोमा अहिले घटेर ०.८१ भएको दक्षिण कोरियाको तथ्याङ्क कार्यालयले जनाएको छ । यो जन्मदर सन् १९७० पछिकै सवैभन्दा कम भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् । जन्मदर क्रमश घट्दै गइरहेको तथ्याङ्कमा देखिएको छ । सन् २०२१ भरीमा दक्षिण कोरियामा झण्डै दुई लाख ६० हजार ५ सय बालबालिका जन्मिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । ढिलो विवाह गर्ने र थोरै सन्तान जन्माउने प्रवृत्ति बढ्दै गएकोले जन्मदर पनि घट्दै गइरहेको विश्लेषण गरिएको छ ।
CONTINUE READINGमहोत्तरी जिल्लामा अवस्थित बर्दिबास नगरपालिकाले बौद्ध शिक्षा लागू गर्ने भएको छ । बौद्ध शिक्षा प्रारम्भ गर्न चाँडै कलेज स्थापनाको प्रक्रिया अघि बढाइने नगर कार्यपालिकाको कार्यालयले जनाएको हो । बुधबार लुम्बिनी बौद्ध विश्वविद्यालय र बर्दिबास नगरपालिकाबीच यस सम्बन्धी सम्झौता भएपछि अब बौद्ध शिक्षाका लागि कलेज स्थापनाको प्रक्रिया अघि बढ्ने प्रमुख प्रशासकीय अधिकृत रेवतीप्रसाद पराजुलीले बताउनुभयो । फागुन ११ गते बुधवार यस सम्बन्धी सम्झौतामा नगर प्रमुख विदुरकुमार कार्की र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा हृदयरत्न वज्राचार्यले हस्ताक्षर गर्नुभएको पराजुलीले जानकारी दिनुभयो ।
CONTINUE READINGपर्साको सखुवा प्रसौनी गाउँपालिकाले ‘स्वस्थ आमा, स्वस्थ बालबालिका’ कार्यक्रम अन्तर्गत ५ सय ९८ गर्भवतीलाई पोषिलो आहार उपलब्ध गराएको छ । ‘स्वस्थ्य आमा, स्वस्थ्य बालबालिका, हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित गाउँपालिकाको वडा नं १ देखि ६ सम्मका गर्भवतीलाई पोषिलो आहार उपलब्ध गराइएको हो । आमाको गर्भ सुरक्षित हुँदा एउटा युग नै सुरक्षित हुने र स्वस्थ्य बच्चा जन्मे भोलिको भविष्यको कर्णधार हुने भएकाले गर्भवतीलाई पोषिलो आहार उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवालले बताउनुभयो ।
CONTINUE READING