चितवनमा ५६ हजार बढी बालबालिकाले खोप लगाए

चितवनमा १२ देखि १७ वर्षसम्मका ५६ हजार ७८१ बालबालिकाले कोरोना विरुद्धको खोप लगाएका छन् । मोडर्ना खोप अभियान अन्तर्गत् विद्यार्थी लगायतका बालबालिकालाई खोप लगाइएको हो । स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर महानगरपालिकामा ३३ हजार ५८५, खैरहनीमा ५३५, माडीमा तीन हजार ११४ , रत्ननगरमा आठ हजार ७१६, राप्तीमा चार हजार ९२७, कालिका नगरपालिकामा तीन हजार ६५२ र इच्छाकामना गाउँपालिकामा दुई हजार २५२ जनाले खोप लगाएका हुन् ।

CONTINUE READING

पनौतीमा १२ वर्षे मेला सकियो, पूर्वाधार निर्माण सकिएन

पनौतीमा १२ वर्षे मेला लाग्ने समय पहिले नै निश्चित हुन्छ । यो वर्ष मेला लागेपछि अर्को मेला २०९० सालमा लाग्छ । यस्तै यो वर्ष मेला लाग्ने पनि विसं २०६६ मै थाहा थियो । जसअनुसार २०७४ सालमा निर्वाचित पनौती नगरपालिकाका जनप्रतिनिधिले मेलालाई भव्य बनाउन तयारी गरेका थिए । विसं २०७६ देखि नै तयारी थाल्ने निर्णयनगर कार्यपालिकाले गरेको थियो । बाह्र वर्षे मकर मेलाको तयारीका लागि दुई वर्षअघिदेखि भौतिक संरचना निर्माणका काम गर्ने निर्णय गरिए पनि काम भने तीन महिना अघिमात्र सुरु भयो ।

CONTINUE READING

एक दर्जनभन्दा बढी मुलुकहरुद्धारा आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह

एक दर्जनभन्दा बढी मुलुकहरुले आफ्ना नागरिकलाई तत्काल युक्रेन छोड्न आग्रह गरेका छन् । रुसले युक्रेन माथि कुनै पनि बेला आक्रमण गर्न सक्ने पश्चिमा शक्तिहरुको चेतावनीपछि कयौं मुलुकले आफ्ना नागरिकलाई युक्रेन छोड्न दवाब दिएका हुन् । अमेरिका, बेलायत र जर्मनीले यस अघि नै आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गरिसकेका छन् । रुसले युक्रेनको सीमा नजिकै १ लाखभन्दा बढी सैना तैनाथ राखेको छ ।

CONTINUE READING

फ्रान्समा कोभिड नियन्त्रणका लागि गरिएको प्रतिबन्ध विरुद्ध प्रदर्शन

फ्रान्समा कोरोना महामारी नियन्त्रणका लागि लागू गरिएको प्रतिबन्धात्मक व्यवस्थाको विरोधमा व्यापक प्रदर्शन भएको छ । प्रतिबन्धको विरोधका लागि राजधानी पेरिस जाने प्रयास गरिरहेका हजारौं सवारी साधनहरु माथि प्रहरीले हस्तक्षेप गरेको छ । कोरोना नियन्त्रणका लागि लगाइएको प्रतिबन्धलाई स्वतन्त्रताको हनन् भन्दै विरोधमा उत्रिएकाहरु माथि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । आन्तरिक मामिला मन्त्री गेराल्ड डरमानिनले प्रदर्शनमा सहभागी ५४ जनालाई गिरफ्तार गरिएको छ ।

CONTINUE READING

वागमती सफाई ४ सय ५७ औं हप्तामा

वागमती सफाइ महाअभियानको हिजो शनिबार ४५७औँ हप्ता पुगेको छ ।  हिजो बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइका अवसरमा वागमती नदी किनारमा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठलाई सम्मान एवं स्वागत गरिएको थियो । सो अवसरमा उहाँ पनि सफाइमा सहभागी हुनुभएको थियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेलगायत अभियानकर्मीको सक्रियता रहेको किशोरसिंह शाहीले जानकारी दिनुभयो ।

CONTINUE READING

म्याग्दीको तातोपानी कुण्ड खुल्यो

गत माघ ७ गतेदेखि बन्द भएको म्याग्दीको प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड फागुन १ गते अर्थात् आजदेखि खुला गरिएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्ड पालना गर्दै आजदेखि नियमित खुला गर्न दिने निर्णय भएको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)ले जनाएको छ । बेनी नगरपालिका–४ मा रहेको सो कुण्डमा स्वास्थ्य मापदण्ड पूरा गरेका र कोरोनाको खोप कार्ड भएका, ज्वरो, रुघाखोकी नभएकाले कुण्डमा स्नान गर्ने पाउने कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

CONTINUE READING

विद्यालय खुल्याे

कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था आजबाट खुलेका छन् । आजबाट विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा संचालन हुनेछ । विद्यालय सञ्चालन गर्दा १२ वर्ष माथिका विद्यार्थीलाई  नियमित रूपमा र १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्नु पर्नेछ । आज देखि त्रिभुवन विश्वविद्यालयका पठनपाठन र परीक्षा पनि संचालन हुने भएको छ ।

CONTINUE READING

भक्तपुर अस्पतालमा बालबालिकाका लागि आइसियु सेवा सुरु हुन १ सय १९ वर्ष लाग्याे

भक्तपुर अस्पताल स्थापनाको १ सय १९ वर्षपछि पहिलोपटक बालबालिकाका लागि आइसियु सेवा आइतबारदेखि सुरु हुने भएको छ । अस्पतालमा वर्षौदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बालबालिकाका लागि आइसियु सेवा नहुँदा आकस्मिक अवस्थामा आमा र बच्चालाई अन्य अस्पताल रिफर गर्नुपर्ने अवस्था थियो । अब सो अवस्थाको अन्त्य हुने भएको छ । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले अस्पतालमा पहिलोपटक बच्चाका लागि भेन्टिलेटर सहितको एनआइसियु सञ्चालनमा ल्याउन सफल भएको बताउनुभयो ।

CONTINUE READING

बालअधिकार तथा बाल संरक्षण प्रणालीको सुदृढीकरण गर्नुपर्छ

राष्ट्रिय ज्ञान सम्मेलनले बालश्रम अन्त्यका लागि बालअधिकार तथा बाल संरक्षण प्रणालीको विस्तार र सुदृढीकरण गर्नुपर्ने लगायत पाँच बुँदे सिफारिस गरेको छ । स्वतन्त्रता अभियान नेपालले विश्व शिक्षा लगायतका विभिन्न संस्थासँगको सहकार्यमा आयोजित दुई दिने सम्मेलनमा सहभागी बाल अधिकार प्रवद्र्धनकर्ताले बालश्रम अन्त्य गर्न सम्बन्धित र सरोकारवाला संस्था, निकाय, नागरिक समाजले गर्नुपर्ने क्रियाकलाप, सहकार्य र समन्वयबारे उल्लेख गरिएको छ ।

CONTINUE READING

जनकपुरमा हराएका बालबालिका भेटिए

प्रहरीले हराएका दुई बालबालिकालाई धनुषाको जनकपुरधामबाट फेला पारेर अभिभावकको जिम्मा लगाएको छ । सिरहाको बरियारपट्टी गाउँपालिका–२ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–१४ मनिपालबाट हराएका दिपिका दासका पाँच वर्षीय छोरा दीक्षान्त र सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ का बुधनु मुखियाकी ६ वर्षीया छोरी सोनीकुमारीलाई जनकपुरधामबाट फेला पारी अभिभावकको जिम्मा लगाएको छ । दीक्षान्तलाई जनकपुरधाम–९ स्थित थापा चौकबाट र सोनीलाई जनकपुरधामस्थित पुल चोकबाट शुक्रबार फेला पारी अभिभावकको जिम्मा लगाएको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

CONTINUE READING