बालबालिकाका लागि फाइजर खोप

कोरोना भाइरस खोप लगाउँदा प्रयोग हुने सिरिन्ज मंगलबार नेपाल आइपुगेको छ । अमेरिकाबाट ६ लाख ६६ हजार खोपका लागि प्रयोग गरिने सिरिन्ज नेपाल ल्याइएको हो । अब सिरिन्ज अभावले रोकिएको बालबालिकाका लागि खोप लगाउने कार्यक्रम सञ्चालन गरिने भएको छ ।

CONTINUE READING

महोत्तरीमा जाडो छल्न विद्यालय बन्द गरिँदै

सोनमा गाउँपालिकाले सोमबार सूचना जारी गरेर एक साता विद्यालय बन्द गराएको छ । त्यसैगरी मटिहानी नगरपालिकाले सूचना जारी गरी विद्यालय बन्द रहने जनाएको छ । आधारभूत तहका विद्यालयमा बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै केही दिन विद्यालय बन्द गर्ने निधो गरिएको स्थानीय तहले जनाएका छन् । मौसममा सुधार आए पठन पाठन सञ्चालन गरिने सोनमा गाउँपालिकाका अध्यक्ष राजकुमार यादव बताउनुहुन्छ ।

CONTINUE READING

आज विश्व ब्रेल दिवस

आज विश्व ब्रेल दिवस, आज संसारभरिका आँखा नदेख्ने मानिसहरुलाई पढ्न र लेख्न सक्षम बनाउने वैज्ञानिक लुइस ब्रेलको जन्मदिन पनि हो । यही अवसरमा आज संसारभरि ब्रेल दिवस मनाइन्छ । फ्रान्सका नागरिक लुइस आफैँ दृष्टिविहीन थिए । त्यही कारण उनी पढ्न र लेख्न सक्दैनथे । हरेक वर्ष जनवरी ४ लाई विश्व ब्रेल दिवसको रुपमा मनाइन्छ ।
लुइस ब्रेलले १५ वर्षको उमेरमा नि ब्रेललिपिको खोज गरेका थिए । उनको सम्मानमा २०१९ मा संयुक्त राष्ट्र महासभाले विश्व ब्रेलदिवस अनुमोदन गरेको थियो । तसर्थ प्रथम ब्रेल दिवस ४ जनवरी २०१९ मा मनाइएको थियो ।

CONTINUE READING

नाइजेरियामा बालबालिका अपहरण मुक्त भए

प्राप्त समाचारअनुसार ती बालबालिकालाई नाइजेरियाको विद्रोहीहरुको संस्था बोको हरामका हतियारधारीहरुले अपहरण गरी लगेका थिए । ती बालबालिका अपहरणमा परेको सूचना पाएपछि प्रहरीले पिछा गरेको थियो ।
त्यस लगत्तै उनीहरुलाई भगाउँदै गरेका अवस्थामा प्रहरीले राजमार्गबाट अपहरणमुक्त गराएको हो । शनिबार अपहरणमुक्त गराएपछि प्रहरीले लगत्तै पत्रकार सम्मेलन गरेर सो विषयमा जानकारी दिएको हो ।

CONTINUE READING

भारतमा कोरोना महामारीको सम्भावित तेस्रो लहरबाट बच्न तयारी सुरु

भारतमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेपछि सम्भावित महामारीको तेस्रो लहरबाट जोगिन केन्द्रीय राजधानी नयाँ दिल्लीमा तयारी थालिएको छ । यस अघि कोरोनाको दोस्रो लहरमा उपचार नै नपाएर धेरै नागरिकले ज्यान गुमाउनु परेको थियो । त्यसलाई मध्य नजर राख्दै यसपटक राजधानी दिल्ली र आसपासका क्षेत्रमा अक्सिजन सहितका ३७ हजारभन्दा बढी शैयाहरु तयारी अवस्थामा राखिएको छ ।
दिल्ली प्रदेशभित्र रहेका अक्सिजन सहितका कूल शैयामध्ये ०.२ प्रतिशत शैया मात्रै अहिले प्रयोगमा रहेका छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिनु भएको जानकारी अनुसार अक्सिजन सहितका कूल शैयामध्ये ८२ शैया मात्रै अहिले प्रयोगमा रहेका छन् ।

CONTINUE READING

अफगानिस्तानमा सबैभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

अफगानिस्तानमा सन् २००५ यता सबैभन्दा बढी बालबालिकाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घीय बाल कोष युनिसेफले जारी गरेको अभिलेखले सो कुरा पुष्टि गरेको हो ।

CONTINUE READING

शीतलहर सुरु भएपछि विद्यालय बन्द भयो

शीतलहर सुरु भएपछि पर्साको जीराभवानी गाउँपालिकाले शैक्षिक संस्था बन्द गर्ने भएको छ । गाउँपालिकाले आइतबार सूचना जारी गरी यही पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने जनाएको छ ।

CONTINUE READING

ए डिभिजन लिग फुटबल प्रतियोगिता हुने

चितवन जिल्ला फुटबल सङ्घको आयोजनामा यही पुस २० देखि आगामीमाघ ८ गतेसम्म सञ्चालन हुनेछ । भरतपुर महानगरको वडा नम्बर ७ मा रहेको कृष्णपुर स्पोर्ट्स स्टेडियममा हरेक दिन दुई खेल हुनेछन् । सङ्घका महासचिव रामहरि ढकालले सहभागी टिमलाई दुई समूहमा विभाजन गरी राउण्ड रोबिन लिग प्रणालीअनुसार खेल हुने बताउनुभयो । दुवै समूहको पुछारमा रहने टिम रेलिगेसनमा पर्ने छन् ।

CONTINUE READING

सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल

रत्ननगर नगरपालिका–३ ले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गरेको छ । सो वडाभित्र रहेको बेल्सी आधारभूत विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको हो ।

CONTINUE READING

लियोनन मेसीलाई कोरोना

विश्व चर्चित फुटबल खेलाडी लियोनल मेसीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । उहाँ अन्य तीन खेलाडीसँगै सेल्फ आइसोलेसनमा बस्नुभएको अधिकारीहरुले जानकारी दिएका छन् ।

CONTINUE READING