भक्तपुरको रानीपोखरी
भक्तपुरको ऐतिहासिक रानीपोखरी (न्हू पुखू) सर्वसाधारणका लागि खुला गरिएको छ । नेपाल संवत् ७५० मा जगज्योति मल्लको पालामा निर्माण भई राजा जितामित्र मल्लले पुनःनिर्माण गरेको रानीपोखरीको नगरपालिकाले पुनः जीर्णोद्वार गरेको हो । कला र संस्कृतिको संरक्षणमा पछिल्लो पुस्ता लाग्नु पर्नेमा वुद्धिजीवीहरुले जोड दिएका छन् । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पुरातत्व विभाग, प्रशासन र मालपोत कर्मचारीको मिलेमतोमा सांस्कृतिक सम्पदा नै व्यक्तिको नाममा जाने डर भएको भन्दै सम्पदा र सार्वजनिक सम्पत्तिको रक्षा गर्ने कार्य नगरपालिकाको जिम्मा लगाउनुपर्नेमा जोड दिनुभयो ।
CONTINUE READING
