विद्यालयका बालबालिकासँग लेखक सुशीला देउजा

Highlights राष्ट्रिय विद्यालय समाचार समाचार

विद्यालयका बालबालिकासँग लेखक कार्यक्रमको वैशाख २०७४ को दोस्रो कार्यक्रम क्यामेलिया क्रियटिभ क्लब र सिएलएफएन बालसाहित्य  छलफल क्लब र केटाकेटी अनलाइन पत्रिकाको सहकार्यमा सम्पन्न भयो ।

 उक्त कार्यक्रममा बालसाहित्य लेखक सुशीला देउजाको कृतिमाथि विद्यालयका बालबालिकाहरुसँग अन्तरक्रिया सम्पन्न भएको थियो । 
कार्यक्रममा सुशीला देउजा लिखित सचित्रबालकथाकृति भगवान्को रुपको अध्ययन गरेर बालबालिकाहरुले उक्त कृतिमाथि आ–आफ्ना विचार प्रस्तुत गरेका थिए । साथै उनीहरुले लेखकसँग अन्तरक्रिया पनि गरेका   थिए ।

अन्तरक्रियामा सहभागी नौ देखि १३ वर्ष उमेरका बालबालिकाहरुले रमाइलो कथा, सुन्दर चित्रहरु भएको यो किताब पढ्दा रमाइलो लागेको प्रतिक्रिया दिएका थिए । कार्यक्रममा लेखकहरु सिर्जना शर्मा र हिरण्यकुमारी पाठकले पनि आआफ्ना रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै लेखक देउजाले बालबालिकालाई कस्तो साहित्य मनपर्छ भन्ने कुरा बालबालिकाहरुबाट नै जान्न पाएकोमा आयोजकवर्ग र बालबालिकाप्रति आभार प्रकट गर्नुभएको थियो ।

 लेखक सुशीला देउजाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्यामेलिया स्कूल तथा कलेजका निर्देशक रुद्र अधिकारी, कार्यक्रम संयोजक द्रोण कोइराला, लेखकहरु सिर्जना शर्मा, हिरण्यकुमारी पाठक, कार्तिकेय लगायत व्यक्तित्वहरुले रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै निर्देशक अधिकारीले अभिभावकले आफ्ना बालबालिकाहरुलाई बढीभन्दा बढी पुस्तक पढ्न प्रेरित गर्न आव्हान गर्नुभएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *