– स्वस्तिका ढकाल
लेख्न खोज्दा शब्द छुटे कलम म बोकिरहेँ
एउटा काटी अर्को लेख्दै परिश्रम गरिरहेँ
छन्द गद्य बुझ्दिन म, गल्ती भए माफ गर
पङ्क्ति एक लेख्न निम्ति घन्टौँसम्म साेची रहेँ
शीर्षक पो खोज्न मलाई सारो गाह्रो पर्न लाग्यो
यताउता गर्दागर्दै मुस्किल पो लाग्न थाल्यो
भौँतारिँदै चारैतिर पाइन है हल मैले
सुरु गर्नै नसकेनि अबेरै पो हुन लाग्यो
कविता ए प्यारी मेरी रुप एक देखाइदेऊ
एकचोटि सोभैm मेटी परिचय गरिदेऊ
चिन्न तिम्लाई भित्रैदेखि इच्छा ठूलो जागेको छ
अरली नाम, ठेगाना र नम्बर नि भनिदऊ
देवकोटाले भिखारीमा मर्मभाव पोखेजस्तो
घिमिरेले वैशाखमा आशावाद गाँसेजस्तो
आएन है लेख्न मलाई भाव बोक्ने कविता एक
पढ्दा पढ्दै आँखाबाट आँसु गोल झर्ने जस्तो
कसरी पो बन्द्ध कृति रुख, पात, चरा र हेरी
आपैmँ मिलाइ लेखिदेऊ कलम ए प्यारी मेरी
दिक्क लाग्यो, सारो प¥यो, शब्द एक आएनन् है
अन्तिम हो छोडेँ अब, लेख्दिन म फेरि फेरि ।
कक्षा : १०
फाेटाे : ड्रिम्स टाइम