काठमाडौँ/मंसिर १६, २०७८ – नारी साहित्य संस्था गुन्जनको अध्यक्षमा आदरणीय लेखक/समाजसेवी जलेश्वरी श्रेष्ठ दिदी निर्वाचित हुनुभएको छ । केटाकेटा अनलाइन डटकम बालपत्रिका र बालसाहित्य प्रतिष्ठान नेपाल जलेश्वरी दिदीलाई यस सुखद अवसरमा केटाकेटी मिडिया परिवार हार्दिक बधाई ज्ञापन गर्दछ । साथै उहाँको कार्यकालको पूर्ण सफलताको कामना गर्दछ ।
गुन्जन को २४ औँ वार्षिक कार्यक्रमको अवसरमा हिजो १५ गते आयोजित साधारण सभाले अन्य आदरणीय नारी लेखकज्यूहरुलाई पनि निर्वाचित गरेको छ । उहाँहरु उपाध्यक्षमा इल्या भट्टराई, महासचिवमा सुस्मिता नेपाल, सहसचिवमा सन्ध्या पहाडी र कोषाध्यक्षमा सुशीला देउजा निर्वाचित हुनुभएको छ । सबै आदरणीय लेखकज्यूहरुमा केटाकेटी अनलाइन बालपत्रिका परिवार हार्दिक बधाई ज्ञापन गर्दछौँ । यसैगरी उहाँहरुको कार्यकालको पूर्ण सफलताका लागि शुभकामना व्यक्त गर्दछौँ ।
साथै गुन्जन को २४ औँ वार्षिकोत्सवमा अवसरमा यस वर्ष गुञ्जन प्रतिभा पुरस्कारबाट अनुपम रोशी, गुञ्जन बहुभाषिक सम्मानबाट हेमन्ती केवरल, गुञ्जन साहित्य पुरस्कारबाट वरिष्ठ साहित्यकार रोचक घिमिरे र गुञ्जन ज्येष्ठ नागरिक सम्मानबाट वरिष्ठ आख्यानकार गीताकेशरी पुरस्कृत/सम्मानित हुनुभएको थियो । पुरस्कृत÷सम्मानित स्रष्टाहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ ।