अफगानिस्तानी बालबालिकालाई सहयोग

Featured अन्तर्राष्टिय समाचार

संयुक्त राष्ट्रसंघ अन्तर्गतको बालबालिका सम्वन्धी निकायले अफगानिस्तानका हजारौँ बालबालिकालाई विभिन्न सहयोग उपलब्ध गराइएको जनाएको छ । राष्ट्रसंघीय निकाय युनिसेफले सन् २०२१ को ११ महिनामा उनीहरुको आवश्यकता अनुसारका विभिन्न सहयोगहरू उपलब्ध गराइएको जनाएको हो ।

जाडो मौसम आउनुअघि नै जाडोको समयमा आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराइएको युनिसेफका अधिकारीहरुले जानकारी दिएका छन् । यही सन् २०२१ को जनवरी देखि नोभेम्बरसम्ममा दुई लाख ९५ हजारभन्दा बढी बालबालिकालाई कुपोषणबाट बच्न सहयोग गर्ने सामग्रीहरु वितरण गरिएको युनिसेफले जनाएको छ ।

युनिसेफका अधिकारीहरुका अनुसार छ लाख ५३ हजारभन्दा बढीलाई खोप प्रदान गरिएको छ । यसै गरी सात लाख ५८ हजार बालबालिकालाई अध्ययन अध्यापन सम्बन्धी सामग्रीहरू उपलब्ध गराइएको छ । त्यसैगरी २८ हजारभन्दा बढीलाई अत्यावश्यक मानवीय सहायताका लागि नगर रकम नै उपलब्ध गराइएको युनिसेफद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *