ओमिक्रोन कोरोनालाई अस्पतालको उपचार आवश्यक नपर्ने

राष्ट्रिय समाचार

कोरोनाको अन्य भेरियन्टको तुलनामा ओमिक्रोन कम जोखिमपूर्ण/ ५० देखि ७० प्रतिशतलाई अस्पतालको उपचार आवश्यक नपर्ने अध्ययनको निष्कर्ष ।

कोरोनाका अन्य भेरियन्टको तुलनामा ओमिक्रोनबाट संक्रमित ५० देखि ७० प्रतिशतलाई अस्पतालमा उपचारको आवश्यकता कम पर्ने पछिल्लो अध्ययन विश्लेषणले पुष्टि गरेको छ ।

बेलायतको स्वास्थ्य मन्त्रालयले ओमिक्रोनको बारेमा अहिले नै सबैकुरा भन्न नसकिने भए पनि अस्पतालमा उपचारको आवश्यकता पर्ने गरी गम्भीर विरामी बनाउने दर निकै कम भएको कुराले उत्साहित बनाएको जनाएको छ । तर पछिल्लो समय ओमिक्रोन संक्रमण फेला परेयता युरोपेली र अमेरिकी मुलुकमा संक्रमित हुनेको संख्या अत्यधिक रुपमा बढेको छ ।

अध्ययनले कोरोना विरुद्धको बुस्टर खोप लगाएको १० हप्तापछि देखि मात्रै खोपले संक्रमित हुनबाट रोक्ने देखाएको छ । खोपले गम्भीर रोग बिरूद्ध बलियो सुरक्षा प्रदान गर्ने  सम्भावना रहेको जनाइएको छ । दक्षिण अफ्रिका, डेनमार्क, इङ्ल्याण्ड र स्कटल्याण्डको तथ्यांकका आधारमा विश्लेषण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *