भारतमा संसद्मा कार्यरत ४०० भन्दा बढी कर्मचारीमा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । अधिकारीहरूका अनुसार कर्मचारीहरूलाई मङ्गलबारदेखि शनिबारसम्म गरिएको परीक्षणको क्रममा सङ्क्रमण पुष्टि भएको हो । उनीहरु संसद्को बजेट अधिवेशनअघि नै संक्रमित भेटिएका हुन् ।
एक स्थानीय समाचार एजेन्सीले जनाएअनुसार १,४०९ संसद् कर्मचारी मध्ये ४०२ जनामा सङ्क्रमण पुष्टि भएको हो । ती सबै नमूनाहरू ओमिक्रोन भेरियन्ट कन्फर्मेसनको लागि जीन सिक्वेन्सिङमा पठाइएको छ ।
संसद्का कर्मचारीको आन्तरिक सन्देशमा कर्मचारीलाई सरकारको निर्देशनअनुसार सावधानी अपनाउन सुझाव दिइएको प्रतिवेदनमा उल्लेख छ । स्थानीय सञ्चार माध्यममा उद्धृत गरिएको आन्तरिक सन्देशमा भनिएको छ, “लोकसभाका २०० र राज्यसभाबाट ६९ जना र १ सय ३३ सहयोगी कर्मचारीको परीक्षण पोजेटिभ देखिएको छ ।