तालिबान सत्ता कब्जापछि अफगानिस्तानमा बल्ल खुल्यो एटीएम सेवा

अन्तर्राष्टिय समाचार

तालिबानले सत्ता कब्जामा लिएपछि पहिलो पटक अफगानिस्तानमा शनिबारदेखि एटीएम सेवाहरू सञ्चालन हुन लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । दा अफगानिस्तान बैंक (डीएबी), अफगानिस्तानको केन्द्रीय बैंकले बिहीबार विज्ञप्ति मार्फत् देशका वाणिज्य बैंकहरूबाट एटिएम सेवाहरू पुनः सञ्चालन गरिने जनाएको खामा प्रेसले उल्लेख गरेको छ । सहकारीसँगको वार्तापछि यो निर्णय भएको हो । अगस्टमा तालिबानले सत्ता कब्जामा लिएपछि एटिएम सेवाहरू बन्द भएका थिए ।

द अफगानिस्तान बैंक बैंकिङ प्रणाली र सेवाहरू सामान्यमा फर्काउन प्रयासरत रहेको विज्ञप्तिमा उल्लेख छ ।  जनताको सुविधाका लागि वाणिज्य बैंकका एटिएम विशेष क्षेत्रमा उपलब्ध हुनेछन् । यद्यपि बैंकले निश्चित रकम झिक्न प्रतिबन्ध कायमै रहेकाले झिक्ने रकमको सीमा भने उल्लेख नगरिएको  खामा प्रेसले जनाएको छ । नयाँ नीति अनुसार एक व्यक्तिले हप्तामा २०० अमेरिकी डलर वा २० हजार अफगानी रकम झिक्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *