युक्रेनद्धारा रुसले समुद्रको पहुँचमा रोक लगाएको आरोप/युक्रेनमाथि आक्रमण गर्ने योजना नरहेको बताए पनि रुसद्धारा छिमेकी मुलुक बेलारुसमा व्यापक सैन्य अभ्यास ।
युक्रेनले आफ्नो मुलुकलाई रुसले समुद्रको पहुँचमा रोक लगाएको आरोप लगाएको छ । रुसले आगामी साताका लागि तय गरेको नौसेना अभ्यासका लागि युक्रेनलाई समुद्र माथिको पहुँचमा रोक लगाएको आरोप छ । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले अजोभ सागर पूर्ण रूपमा अवरुद्ध गरिएको र ब्ल्याक सीलाई रुसी सेनाले लगभग पूर्ण रूपमा ढाकेको बताउनु भयो ।
रुसले बारम्बार युक्रेनमाथि आक्रमण गर्ने कुनै योजना नरहेको जनाउँदै आएको छ । तर युक्रेनको सीमानामा १ लाखभन्दा बढी सैनिक तैनाथ राखेको छ । साथै रुसले छिमेकी मुलुक बेलारुससँग ठुलो सैन्य अभ्यास सुरु गरेको छ । बेलारुस रुसको नजिकको सहयोगी हुनुका साथै युक्रेनसँग लामो सीमा जोडिएको मुलुक हाे ।
फ्रान्सले रुसले गरिरहेको पछिल्लो सैन्य अभ्यासलाई शीतयुद्धपछिको सबैभन्दा ठुलो तैनाथी हिंश्रक इशाराको संकेत भएको जनाएको छ । यसले युक्रेनमाथि मनोवैज्ञानिक दवाब दिएको पनि जनाइएको छ ।