बेताली गाउँका कमिलाहरु रमाइरहेका थिए । उनीहरु आफूहरु सबैले तानेर ल्याएको मोटो कीरो खानमा मस्त थिए । त्यति नै बेला च्यान्टे कमिलाले भन्यो– “साथीहरु यसपालिको नयाँ वर्ष कसरी मनाउने ।” तर च्यान्टे कमिलालाई साथीहरुको कुरा मन परेन । उसले एक छिन गमेर भन्यो– “होइन म त यसपालिको नयाँ वर्ष नयाँ काम सुरू गरेर मनाउने ।”
“हा…. हा…. के काम सुरू गर्छ च्यान्टेले ।” सबै कमिलाले हाँसेर एकै स्वरमा च्यान्टेलाई गिज्याए ।
जति–जति नयाँ वर्ष सुरू हुने वैशाख १ गते नजिक आउँदैथ्यो । च्यान्टेको मुटु पनि खुसी र डरले अचम्मसँग ढुकढुक गर्दथ्याे । नभन्दै वैशाख १ गते नयाँ वर्षको पहिलो दिन आइपुग्यो । च्यान्टे कमिलाले बेताली गाउँभरिका सबै कमिलालाई महादेव जनता माविको चौरमा भेला गरायो ।
“सबैभन्दा पहिले म ८० वर्ष नाघेका बूढा कमिला बाआमाहरुलाई मेरा अगाडि उभिदिनुहुन अनुरोध गर्दछु ।” च्यान्टेले माइकमा बोल्दै अनुरोध गर्यो । च्यान्टेको यस्तो कुरा सुनेर बूढा भइसकेका कमिलाहरु लट्ठी टेक्दैटेक्दै च्यान्टे छेउमै गएर थचक्क बसे । त्यसपछि च्यान्टेले फेरि भन्न थाल्यो– “हामीलाई पालनपोषण गरेर नयाँ जीवन दिने यी आदरणीय बूढापाकाहरुलाई मिठाई खुवाइदिएर रथमा राखी गाउँ परिक्रमा गराई सम्मान गरिदिनुहुन म हाम्रो वडाका अध्यक्ष भुन्टेजी र सबै स्वयंसेवक साथीहरुलाई अनुरोध गर्दछु ।”
च्यान्टेको यति राम्रो योजना थाहा पाएर अध्यक्ष भुन्टे असाध्यै खुसी भयो । उसले मेरो भाइ भन्दै च्यान्टेलाई अँगालो मार्यो । त्यसपछि सबै बूढाबूढी कमिलालाई मिठाई खुवाएर रथमा राखी गाउँ घुमाएर सम्मान गरियो ।
च्यान्टेले नयाँ वर्षमा गरेको पहिलो काम देखी सबै खुसी भए । बूढाबूढी कमिलाहरुले उसलाई धेरै–धेरै आशिष दिए । त्यसपछिका दिनमा च्यान्टेले जीवनमा कहिल्यै हार्नुपरेन, उसले सधैं जितिरह्यो, सधैं जितिरह्यो किनकि उसले बूढापाकाहरुको मायाको आशिष पाएको थियो । Meet the Author @ kartikeyaghimire@gmail.com