प्रधानाध्यापक विनोद प्रजापतिसँग कुराकानी

Highlights अन्तर्वार्ता विचार

यस पटक भक्तपुरको ख्वप्रिङ इङलिस एकेडेमीका प्रधानाध्यापक विनाेद प्रजापतिसँग हाम्रा प्रतिनिधि रामेश्वरी काेजूले गर्नुभएकाे कुराकानी प्रस्तुत गरेका छाैँ ।

सञ्चै हुनुहुन्छ सर ?
ठिकै छु
तपाईंको दिन कस्तो बितिरहेको छ ?
मेरा दिनहरु विद्यालयमा उपस्थित ससाना भाइबहिनीहरुसँग रमाइलो गर्दै, उनीहरुलाई केही नयाँ कुराहरु सिकाउँदै र उनीहरुसँग पनि केही कुराहरु सिक्दै बितिरहेको छ ।
शिक्षण पेशा नै किन रोज्नुभयो ? कस्तो अनुभव गरिरहनुभएको छ ?
मैले पढाई सँगसँगै सुरुका दिनहरुमा समयको सदुपयोगका लागि भन्दै शिक्षणलाई पेसा भन्दा पनि अनुभवका लागि गरेको थिएँ । तर शिक्षण क्रियाकलापमा संलग्न हुँदै जाँदा चालै नपाइकन शिक्षण कार्यलाई नै पेसाको रुपमा अँगाल्नपुगेँछु । यो एक यस्तो पेसा हो जस्मा नशा लागेपछि तपाईले चाहेर पनि शिक्षण कार्यलाई छोड्न सक्नुहँुदो रहेनछ । त्यसैले शिक्षण क्रियाकलापमा संलग्न हुन पाँउदा मैले आफूलाई रमाइलो र खुसीको अनुभव गर्दछु ।
ख्वप्रिङ इङलिश एकेडेमीमा कहिले देखि कार्यरत हुनुहुन्छ ?
यस एकेडेमीमा २०५९ जेठ १४ देखि निरन्तर कार्यरत छु । म यस विद्यालयमा संलग्न हुनुको श्रेय यस एकेडेमीका पूर्व अध्यक्ष दीपेन्द्र प्रजापतिलाई जान्छ ।
५. यहाँको बाल्यकाल कस्तो रह्यो छोटो अनुभव सुनाइदिनुस् न ?
मेरो बाल्यकाल सामान्य नै रह्यो । म एक सामान्य किसान परिवारमा जन्मे हुर्केको हुँदा बाल्यकालमा त्यस्तो केही विशेष भएन । तर मेरो विद्यार्थी जीवनमा भने धेरै उतारचढाव आए । मैले एसएलसी दिँदासम्म ५ पटक विद्यालय परिर्वतन गर्न बाध्य भएँ ।

तपाईं के गर्दा खुसी हुनुहुन्छ ?
आफूलाई मनपर्ने किताबहरु पढ्न पाउँदा, प्रकृतिका काखमा डुल्न पाउँदा म खुसी हुन्छु ।
बालबालिकालाई असल बनाउन के गनुपर्ला जस्तो लाग्छ ?
असल बालबालिका बन्नका लागि विद्यालयमा होस् वा घर आफूभन्दा अग्रज गुरु शिक्षकद्धारा दिइएका ज्ञान निर्देशनहरुको पालना गरी समाज र देशका हितका लागि काम गर्न सक्नु नै साँचो अर्थमा असल बालबालिका हुनु हो ।
कुनै पनि विद्यालयका असल र सफल प्रधान अध्यापक बन्न के गर्नुपर्ला ?
असल र सफल भन्दा पनि एक राम्रो प्रधान अध्यापक बन्नका लागि अभिभावक, सहकर्मी शिक्षक, समुदाय र विद्यार्थीहरुसँग राम्रोसँग समन्वय र सहकार्य गर्न सक्नुपर्दछ ।

प्रस्ताेता : रामेश्वरी काेजू

Leave a Reply

Your email address will not be published. Required fields are marked *