- विनुसा सिलवाल, कक्षा : १० (एस.ई.ई.), लेबोरेटरी माध्यमिक विद्यालय, कीर्तिपुर , काठमाडौँ
चारैतर्फ पहाडले घेरिएको कोम्ती नगरपालिका आफ्नो प्राकृतिक सुन्दरताका लागि अत्यन्तै प्रसिद्घ थियो । हरियो
वातावरण, घाँसले ढाकेका चउर, नदी, झरना, चिटिक्क परेका घरहरूजस्ता मनमोहक दृश्यले गर्दा पर्यटकहरू
कोम्ती नगरपालिकातर्फ आकर्षित हुन्थे । नगरपालिका जति सुन्दर थियो; त्यति नै स्वच्छ र आकर्षक पनि थियो ।
प्राकृतिक रुपले जति नै सुन्दर भए पनि दुर्भाग्यवश त्यस नगरपालिकाको विकास चाहिँ त्यति राम्ररी हुन सकेको
थिएन । कोम्ती नगरपालिका बौद्घिक पलायन, भ्रष्टचार, जनशक्तिको अभावबाट आक्रान्त थियो । त्यहाँ रहेका
प्राकृतिक वस्तुहरूको सदुपयोग हुन सकेको थिएन र यही कुराको फाइदा छिमेकी नगरपालिका कुम्पुरका नगर
प्रमुख रामबहादुर शर्माले कोम्ती नगरपालिकाका नगर प्रमुख प्रशान्त शाहीलाई पैसा देखाएर त्यहाँका कच्चा
पदार्थ आफ्ना नगरपालिकामा आयात गर्थे र ती कच्चा पदार्थबाट नयाँ सामग्री उत्पादन गरेपछि महँगो दाममा
कोम्ती नगरपालिकामा निर्यात गर्थे । आफ्नो नगरपालिकामा रहेका प्राकृतिक वस्तुहरूको महत्व नबुझेका प्रशान्त
शाही पनि पैसा देखेपछि लोभिन्थे र विभिन्न कच्चा पदार्थ निर्यात गर्न राजी हुन्थे ।
कोम्ती नगरपालिकामा एउटा सुन्दर चौतारा थियो । चौतारा नजिकै एउटा सानो चिटिक्क परेको घर थियो । त्यस घरमा जयनाथ नाम भएका एक युवक आफ्ना पिता मोतीराम क्षेत्री र माता सुमित्रा क्षेत्रीसँग बस्दथे ।
जयनाथका मातापिता निकै भलादमी, मिलनसार र सहयोगी थिए । आफ्नो छोरा जयनाथलाई शाान्तिवीर बनाउने उनीहरूको स्वप्न थियो । त्यसैले सानैदेखि उनीहरूले जयनाथलाई “बाबु तिमी ठूलो भएपछि एक असल नागरिक बन्नुपर्छ । अरुको सुखदुःख बुझ्नुपर्छ र अरुको भलाइका लागि काम गर्नुपर्छ है !” भनी सिकाएका थिए ।
शनिबारको दिन थियो । त्यहाँका बासिन्दाहरू आफ्नै दिनचर्यामा व्यस्त थिए । जयनाथ पनि केही बेर बगैँचामा टहलिन निस्केका थिए । सदा झैँ त्यो दिन पनि केही आन्तरिक पर्यटकहरू कोम्ती नगरपालिकाको सुन्दरता अवलोकन गर्न आएका थिए ।
तीमध्ये एक जना पर्यटकले भने, “आहा ! कति राम्रो वातावरण है साथीहरू; चारैतिर हरियाली हेर त !”
“अँ तिमीले ठीक भन्यौ । जति हेर्दा पनि आँखै नथाक्ने अनि कति शान्त वातावरण ! अहिले त कहाँ देख्न पाउनु यस्तो राम्रो र स्वच्छ वातावरण ! अरु ठाउँमा त धुलैधुलो, जता हे¥यो त्यतै फोहोर मैला मात्र हुन्छ । एउटा कुरा यो ठाउँ यति राम्रो छ तर पनि त्यति राम्ररी विकास भएको जस्तो त देखिँदैन है ? कस्तो कसैले पनि यो ठाउँको महत्व नै नबुझेको है ? यदि यो ठाउँको राम्रो ढङ्गले विकास गर्ने हो भने भोलि गएर यो ठाउँ अति नै सुन्दर र एउटा पर्यटकीय क्षेत्र बन्छ । कि कसो साथीहरू ?” उसका अर्का साथीले भने । अघिदेखि चुप लागेर करा सुनिरहेका उसका साथीहरूले होमा हो कुरा मिलाए ।
यी सब कुराहरू सुनिरहेका जयनाथको मनमा गहिरो प्रभाव प¥यो । उनी आफ्नो नगरपालिकाको सुन्दरता नियाल्दै मनमनै सोच्न थाले, “हो त, हाम्रो नगरपालिका यति राम्रो छ ! तर पनि यसको महŒव कसैले बुझेका छैनन्, कसैलाई यसको पर्वाह नै छैन । यो नगरपालिकाको विकास गर्ने शो भने साँच्चै उनीहरूले भने जस्तै भोलि गएर यो ठाउँ उत्तम पर्यटकीय क्षेत्र बन्नेछ ।”
जयनाथ मनमा अनेकौँ कुरा खेलाउँदै आफ्नो घर पुगे । जयनाथलाई निराश देखेर उनका आमाबुबा पनि चिन्तित हुँदै
सोधे, “के भयो बाबु ? के सोचिरहेको ?” जयनाथले सबै कुरा आफ्ना आमाबुबालाई सुनाए । त्यसपछि उनका आमाबुबाले भन्नुभयो, “बाबु ती पर्यटकहरूले भनेका कुरा सही नै त हो नि ! यसो हेर त , हाम्रो नगरपालिकामा कसले चाहिँ विकास, उन्नतिका काम गरेका छन् ! जताततै भ्रष्टचार र घुसखोरी मात्र देखिन्छ ।”
आमाबुबाको कुरा सुनेपछि जयनाथले गम्भीर भएर सोचे र भने, “आमाबुबा ! अनि कसैले गरेनन् भनेर हामीले पनि हात बाँधेर बस्नु त ?”
उनका आमाबुबाले फेरि कुरा थपे, “त्यस्तो भनेको होइन नि बाबु, हामी पनि यस नगरपालिकाका बासिन्दा हौँ । अब तिमी जस्ता युवाले नै आफ्नो ठाउँको विकास गर्नुपर्छ ।” आफ्ना आमाबुबाको कुरा सुुनेपछि जयनाथ आफ्नो नगरपालिकाका निम्ति भविष्यमा केही गर्ने अठोटका साथ कोठाभित्र पस्यो ।
समय बित्दै गयो । जयनाथ पनि चुनावमा नगर प्रमुखको पदका लागि उठे । उनले आफ्नो प्रचारप्रसारलाई तिव्रता दिए । उनले त्यहाँका बासिन्दाहरूको मन जित्न समुदायमा गई भोट मागे । उनले बासिन्दाहरूसामु भने, “म जयनाथ क्षेत्री, एक आम आगरिक हुँ । म हाम्रो यो नगरपालिकाको विकास गर्नका लागि नगर प्रमुखको पदका लागि लड्दै छु , आशा छ; हजुरहरूले मलाई समर्थन गरी जिताउनु हुनेछ ।”
चुनावको घडी नजिकिँदै थियो । त्यस नगरपालिकाका बासिन्दाले जयनाथलाई समर्थन गरिरहेका थिए । यी सब कुरा थाहा पाएर नगर प्रमुख पदमा उठेका अर्का प्रतिष्पर्धी प्रशान्त शाही आफू हार्छु कि भनी डराए । चुनावमा उप प्रमुख पदका लागि जयनाथसँगै एउटै विद्यालयमा पढेकी उनकी साथी सरिता कार्की पनि उठेकी थिइन् । सरिता कार्की शिक्षित र असल थिइन् । उनी पनि आफ्नो ठाउँको विकासका लागि जयनाथ झैँ चिन्तित थिइन् । त्यसैले उनले पनि आफ्नो उद्देश्य सफल पार्न राजनीतिको क्षेत्र चुनेकी थिइन् ।
चुनावको दिन सबै बासिन्दाहरू भोट हाल्नका लागि मतदान केन्द्र गए । अधिकांश बासिन्दाहरूले जयनाथ क्षेत्रीलाई मतदान गरेका कारण उनी नगरपालिका प्रमुखको रुपमा चुनिए । अब जयनाथ क्षेत्री कोम्ती नगरपालिकाका नगर प्रमुख भए । सरिता कार्की चाहिँ उक्त नगरपालिकाका उप प्रमुख पदमा विजयी भइन् । दुवैले आ–आफ्नो पदको महत्व बुझेका थिए । त्यस्तै गरी छिमेकी कुम्पुर नगरपालिकाको नगर प्रमुख चाहिँ पुन : रामबहादुर शर्मा नै चुनिए । जयनाथको कार्यकाल सुरु भएपछि सर्वप्रथम उनले आफ्ना नगरपालिकाका कच्चा पदार्थहरू निर्यात गर्न बन्द गरे । यो काममा उप प्रमुख सरिता कार्कीले पनि जयनाथलाई साथ दिइन् ।
उनीहरूको यो काम कुम्पुर नगरपालिकाका नगर प्रमुख रामबहादुर शर्मालाई मन परेन । अनि उनले मनभित्रको ईष्र्याको भाव पोख्दै मनमनै बर्बराए, “त्यो हिजो भर्खरै चुनिएको नयाँ नगर प्रमुखको यति ठूलो हिम्मत ! हामीलाई सामान निर्यात नगर्ने रे ! म पनि हेर्छु , कसरी त्यसले आफ्नो नगरपालिकाको विकास गर्दो रहेछ ? नयाँ नै छ त्यसैले अहिले अलि फुर्ति छ ! पछिपछि यसले पनि हरेस खाइहाल्छ नि !”
यता जयनाथ र सरिता चाहिँ कसरी आफ्नो नगरपालिकाको विकास कार्य अगाडि बढाउने भनी सोचिरहेका थिए । यसै सिलसिलामा जयनाथले सरितासँग भने, “हेर सरिता ! यतिका वर्षसम्म हाम्रा नगर प्रमुखहरूले नगरपालिकाका लागि खास कार्य केही पनि गरेनन् तर अब हामीले हाम्रो नगरपालिकाको विकास गर्नुपर्छ ।”
सरिताले भनिन्, “तिमीले ठीक भन्यौ । हाम्रो नगरपालिका प्राकृतिक रुपले यति सुन्दर छ कि तर आजसम्म कसैले यसको महŒव नै बुझेनन् । यो कुरा मलाई पटक्कै मन परेन त्यसैले केही गर्न सक्छु कि भनेर मैले राजनीतिको बाटो रोजेकी हुँ ।”
अर्को दिन जयनाथ र सरिताले खाली रहेका जग्गा जमिनको सदुपयोग गर्ने निर्णय गरे । किसानहरूलाई सस्तो व्याजमा ऋण दिएर आफ्नो बाँझो रहेका खेतबारीमा अनेक किसिमका अन्न तथा तरकारी खेती गर्न प्रोत्साहन गरे । त्यहाँका खाली रहेका खेतबारीमा किसानहरूले खेतीपाती गर्न सुरु गरे । यसरी त्यहाँ रहेका खाली जमिनको पनि सदुपयोग भयो र बाहिरबाट अत्यधिक मात्रामा अन्न, तरकारी तथा फलफूल आयात गर्नु परेन ।
केही खाली रहेका सरकारी जग्गामा उनीहरूले कारखाना खोल्ने निर्णय गरे । कारखाना खोल्न त्यति सहज थिएन । त्थसैले उनीहरूले जनताको सहयोग लिने सोच बनाए । जनताहरूलाई प्रोत्साहन गर्नका लागि उनीहरूले नगरबासीहरूलाई एक ठाउँमा भेला गरेर भने, “हामीले याी खाली रहेका सरकारी जग्गामा कारखानाहरू खोल्यौँ भने बेरोजगार भएका युवाहरू रोजगार हुनेछन् । रोजगारीका निम्ति अन्य भौँतारिनु पर्दैन । जनशक्तिको अभावमा विकास निर्माणका कार्य अगाडि बढ्न सक्दैन त्यसैले यस कार्यमा हजुरहरू संलग्न हुनुपर्छ ।”
यी सब कुरा सुनेपछि नगरबासीहरू कारखाना बनाउनका लागि विभिन्न काममा संलग्न हुन थाले । त्यसरी नै स्थानीय बासिन्दाहरूले उपभोक्ता समूह पनि बनाए । उनीहरूले सार्वजनिक भवन, अस्पताल आदि निर्माण गर्ने योजना बनाए । उक्त योजना सफल बनाउनका लागि स्थानीय स्रोत साधनका साथै नगरपालिकाले पनि केही बजेट उपलब्ध गरायो । त्यसपछि त्यही आधारमा नगद र श्रम सङ्कलन गरेर सार्वजनिक भवन, कारखाना, अस्पताल आदि निर्माण गरे ।
विकास निर्माणका काममा जनताहरूको संलग्नता देखेर जयनाथ र सरिता निकै खुसी भए । कोम्ती नगरपालिकाले विकासको गति लिईसकेको थियो । त्यहाँका जनताहरू पनि त्यसपछि निकै सचेत भए । कलकारखाना, सार्वजनिक भवन, विद्यालय, अस्पताल आदिमा आशा गरेअनुसार उन्नति भएपछि त्यहाँका मानिसहरू रोजगारीका लागि बाहिर जानुपरेन ।
जयनाथले ज्येष्ठ नागरिकहरूमा बढी अनुभव हुने भएकाले उहाँहरूबाट पनि भिभिन्न अनुभव बटुले र अपाङ्गहरूको प्रतिभा पहिचान गरी उनीहरूलाई थरीथरीका तालिम दिई नगरपालिकाको बोझ हुनबाट बचाए । यसरी उनले अपाङ्गहरूलाई पनि आत्मनिर्भर बनाए । अब कोम्ती नगरपालिका अन्य नगरपालिकाका निम्ति उदाहरण बन्यो ।
छिमेकी कुम्पुर नगरपालिकाका बासिन्दाहरू एक्कासि कोम्ती नगरपालिकामा विकास भएको देख्दा अचम्मित भए र मनमनै भने, “ग¥यो भने त हामीले पनि सक्नेरहेछौँ ।” कुम्पुर नगरपालिका पनि प्राकृतिक दृष्टिकोणले निकै सुन्दर थियो । त्यहाँका नगर प्रमुखले चाहिँ प्राकृतिक वस्तुहरूको खासै महत्व बुझेका थिएनन् । आफूले जुन नगरपालिकाबाट कच्चा पदार्थ भित्र्याउँथे; त्यही नगरपालिकाको उन्नति, विकास भएको देखेर कुम्पुर नगरपालिकाका नगर प्रमुख रामबहादुर शर्मा अचम्मित भए ।
रामबहादुर शर्मा जहिल्यै बाहिरबाट सामान आयात गर्थे र युवाहरूसँग मात्र बढी सम्पर्क बढाउँथे । उनले ज्येष्ठ नागरिक र अपाङ्गहरूमा त कुनै क्षमता नै हुन्न भन्ने ठान्थे । एक दिन उनी एकान्तमा एक्लै बसेर शान्त दिमागले यी सब कुरा सोच्न थाले । उनलाई विगत भएगरेका आफ्ना गल्ती, कमजोरीहरू महसुस भयो । त्यसपछि उनले आफ्ना छिमेकी कोम्ती नगरपालिकाका नगर प्रकुख र उप प्रमुखसँग सल्लाह लिने सोच बनाएर भ्टघाट तथा छलफल कार्यक्रम अगाडि बढाए । उनले आफ्ना नगरबासीको जन चाहनाअनुसार नगरको उन्नति र विकास कार्यलाई अगाडि बढाउने निर्णय गरे ।
त्यसपछि दुवै नगरपालिकामा धेरै विकास र उन्नतिको लहर छायो । ती दुई नगरपालिकाको प्रगति र विकासबारे चारैतिर कीर्ति फैलियो । अन्तत : कोम्ती नगरपालिकाका प्रमुख र उप प्रमुखले ज्येष्ठ नागरिकको अनुभव, अपाङ्गहरूको बौद्घिक क्षमता अनि युवाहरूको जोसको फाइदा उठाएर नगरको उन्नति र विकास गरेको देखेपछि कुम्पुर नगरपालिकाका नगर प्रमुख रामबहादुर शर्माको सोचमा परिवर्तन आयो र उनले पनि आफ्ना नगरका सबै खाले क्षमता भएका नगरबासीहरूलाई विकास कार्यमा प्रयोग गर्न र सम्मान प्रकट गर्न थाले । कुम्पुर नगरपालिकाका नगर प्रमुखले जयनाथ र सरिताको काम गर्ने शैलीबाट धेरै कुरा सिके । कुम्पुर नगरबासीले पनि छिमेकी नगरपालिकाको विकास र प्रगति देखेपखि एकअर्काको सम्मान गर्दै र तिनबाट सहयोग लिँदै कम्मर कस्दा विकास, उन्नति गर्न धेरै समय लाग्दोरहेनछ भन्ने कुरा थाहा पाएँ ।