विद्यालयका बालबालिकाहरुसँग अन्तरक्रिया कार्यक्रम

लर्नस क्लब, रिलाएन्स कोएड स्कुल र बुकआर्ट नेपालको आयोजना तथा केटाकेटी अनलाइन पत्रिका र स्कूल लाइफ म्यागाजिनको सहकार्यमा बालसाहित्य लेखक कार्तिकेयका तीनवटा कृतिहरुमाथि विद्यालयका बालबालिकाहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

CONTINUE READING

दुई रुपियाँ लिएर विद्यालयमा भर्ना हुन गएँ

जलेश्वरी श्रेष्ठ वरिष्ठ कथाकार, उपन्यासकार, बालसाहित्य लेखक र समाजसेवी हुनुहुन्छ । उहाँका लाभाका बाफहरु कथा संग्रह, नियति चक्र, मौन विद्रोह दुईवटा उपन्यास र बालकथा संग्रहहरु प्रकाशित   छन् । उहाँले अक्षय कोषको लागि सहयोग गरी विभिन्न पुरस्कारहरु पनि स्थापना भएका छन् । जसमा गोमा स्मृति पुरस्कार, देवकुमारी थापा बालसाहित्य पुरस्कार, गुञ्जन पुरस्कार, गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार आदि हुन् साथै उहाँको लेखकस्वबाट उहाँकै नाममा स्रष्टा जलेश्वरी बालप्रतिभा पुरस्कारको पनि स्थापना भएको छ । यसरी उहाँले साहित्य लेखन र प्रवद्र्धनका लागि विशिष्ट योगदान गर्दै आउनुभएको छ ।

CONTINUE READING

दुई दिने बालकथा लेखन कार्यशाला सम्पन्न

राष्ट्रिय बाल दिवसका अवसरमा बालसाहित्य प्रतिष्ठान नेपाल तथा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याब्सन), भक्तपुरको संयुक्त आयोजनामा दुई दिने बालकथा लेखन तथा वाचन कार्यशाला भाद्र १२ र १३ गते सम्पन्न भयो ।

CONTINUE READING

कथा लेखन कार्यशाला सम्पन्न

बालसाहित्य प्रतिष्ठान नेपाल र ज्ञान विकास सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा एक दिने बालकथा लेखन तथा वाचन कार्यशाला काभ्रेको पनौतीस्थित ज्ञान विकास सामुदायिक पुस्तकालयमा सम्पन्न भयो । कार्यशालामा स्थानीय १० विद्यालयका बीस जना बालबालिकाहरु सहभागी भएका थिए ।

CONTINUE READING

झोला चलचित्रको समीक्षा

झोला चलचित्रले सन् १९१३ तिरको ग्रामीण नेपाली समाजका यथार्थ घटनाहरुलाई अभिव्यक्त गरेको छ । प्रसिद्ध साहित्यकार कृष्ण धरावासीले कथा झोलालाई यो चलचित्रले विषयवस्तुको मूल आधार बनाएको छ । यस चलचित्रले तत्कालीन समाजमा घट्ने घटनाहरुको सङ्केत गरेको छ । यथार्थको धरातलबाट उठेर विकसित हुँदै यसको कथानक समाजलाई हुनुपर्ने आदर्शको विषयमा आधारित रहेको छ ।
मुरारी बूढा, उनकी कान्छी श्रीमती, घनश्याम कथाका मुख्य पात्र हुन् । कथाको विषयवस्तु मुरारीको बिरामी अवस्थाबाट सुरु हुन्छ ।

CONTINUE READING

इलामको घुमघाम

राति ७ बजिसकेको थियो हामी इलाम पुग्दा । इलाम जान बिर्तामोडबाट गाडी चढ्नुपर्ने रहेछ । बिर्तामोडबाट इलाम पुग्न चार घण्टा लाग्दो रहेछ । बिर्तामोड चोकबाट अलि अगाडि जाँदा चारआली पुगिन्छ । चारआलीबाट इलाम जाने बाटो छुट्टिदो रहेछ । त्यहाँबाट इलाम पुग्न धेरै घण्टा लाग्छ ।

CONTINUE READING

गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कारबाट अन्जना राजवंशी, महेश पौड्याल र गङ्गा पौडेल पुरस्कृत

गोविन्द बहादुर मल्ल गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार कोषले वर्ष २०७० का लागि अन्जना
 राजवंशी      (सृष्टिको कथा, किशोर उपन्यासका लागि), वर्ष २०७१ का लागि महेश पौड्याल (तादी किनारको गीत, उपन्यासका लागि) र वर्ष २०७२ मा गङ्गा पौडेल (सरस्वती, किशोर उपन्यासका लागि) पुरस्कृत गर्ने भएको छ ।

CONTINUE READING

नयाँ नेपालको बालसाहित्य

त्यतिबेला काठमाडौंमा डेनिस राइटर एसोसिएसनका उपाध्यक्ष सेली आफ्ना अन्य दुई सहकर्मी  साथीहरुको साथमा नेपाली बालसाहित्यकारहरुस“गको छलफलमा व्यस्त थिए ।

CONTINUE READING

कैद आवाज

स्कुल लागेको बेला हो । त्यस स्कुलमा भर्खरै मात्र कक्षा ५ मा भर्ना भएको नयाँ विद्यार्थी विप्लव प्रिन्सिपलको अफिसको दौलोमा उभिएको छ । भित्र प्रिन्सिपल केही लेखिरकेका छन् । उनकै छेउको भित्तोमा एउटा सेतो कागजमा नारा टाँसिएको छ, Speaking English

CONTINUE READING