आदरणीय लेखक गोपाल पराजुलीलाई सुशीला पन्त स्मृति सम्मान प्रदान गरिने

नेपाली बालसाहित्यमा जीवनी विधामा विशिष्ट योगदान गर्नुभएका वरिष्ठ लेखक आदरणीय गोपाल पराजुलीलाई ‘सुशीला पन्त स्मृति सम्मान’ प्रदान गरिने भएको छ ।
हरेक वर्ष बालसाहित्य लेखनमा विशिष्ट योगदान गर्ने एकजना सर्जकलाई पन्त स्मृति प्रतिष्ठानद्वारा प्रदान गरिँदै आइएकाे यो पुरस्कार (सम्मान) यस वर्ष आदरणीय लेखक गोपाल पराजुलीलाई प्रदान गरिने निर्णय गरिएको पन्त स्मृति प्रतिष्ठानका अध्यक्ष इन्दु पन्तले जानकारी गराउनुभएको छ ।

CONTINUE READING

प्रतिभाशाली बालकवि विभूतिको ‘अर्जुनदृष्टि’ विमोचित  

नवसर्जक साहित्य चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष एवम् प्रतिभाशाली बालकवि विभूति अधिकारीको ‘अर्जुनदृष्टि’ नामक कविता सङ्ग्रह एक विशेष समारोहका बिच विमोचन भएको छ । याे बालकवि अधिकारीको दाेस्राे किताब हाे ।
नेपाली छन्द कविताको प्रवर्धनकाे अभियानमा लागिरहेको संस्था छन्द तरङ्गद्वारा आयोजित कार्यक्रम नवसर्जक साहित्य चौतारी नेपाल, ऐरावती प्रकाशन र एम्बिसन एकेडेमीकाे सहकार्यमा पद्मोदय माध्यमिक विद्यालय, काठमाडौँको सभाहलमा सम्पन्न भएको थियाे ।

CONTINUE READING

क्वालिटी स्कुलको २५ औं स्थापना दिवसमा ‘पढाउनलाई पढौं’ कार्यक्रम

क्वालिटी इङ्गलिस सेकेन्डरी स्कुल, चाँगुनारायण–६, नगरकोट फेदी, भक्तपुरले आफ्नो २५ औं स्थापना दिवस अभिभावक, विद्यार्थी र शिक्षककेन्द्रित गतिविधिहरू सञ्चालन गरेर मनाउँदै आएको छ । सोही क्रममा मिति २०८० श्रावण ५ गते, शुक्रबारका दिन ‘पढाउनलाई पढौं’ र हस्तलेखन प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा शिक्षणरत सम्पूर्ण शिक्षकहरूको प्रभावकारी शिक्षण हेतू आयोजित उक्त कार्यक्रमहरू नगरकोटस्थित होटल हिमालयन ग्लासियरको सभाहलमा सम्पन्न भएको थियो ।

CONTINUE READING

नवसर्जककाे १३ ओैँ मासिक शृङ्खला सम्पन्न

नवसर्जक साहित्य चाैतारी नेपालकाे आयाेजनामा १३ ओैँ नवसर्जक मासिक शृङ्खला भर्चुअल माध्यमबाट सम्पन्न भएकाे छ । चाैतारीकी अध्यक्ष प्रसन्ना चाैलागाईकाे अध्यक्षता एवम् अग्रज साहित्यकार नरनाथ लुइँटेलकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चाैतारीका संरक्षक एवम् परिकल्पनाकार दीपक गाैतम, सल्लाहकार डिबी बर्ताैला, संस्थापक उपाध्यक्ष कृतिका लाैडारीकाे आतिथ्य रहेकाे थियाे ।

CONTINUE READING

नानीका कविको जन्मजयन्तीमा रामबाबु सुवेदी पुरस्कृत

भाइबहिनीहरु, नानीका कवि कृष्णप्रसाद पराजुलीको स्मृतिमा स्थापित ‘रमाइला नानी बालसाहित्य पुरस्कार’ आज एक विशेष समारोहबिच चर्चित बालसाहित्य लेखक रामबाबु सुवेदीलाई प्रदान गरिएको छ ।
कमलादी, काठमाडौँमा रहेको युनिग्लोब विद्यालयमा आयोजित आजको कार्यक्रममा समारोहका प्रमुख अतिथि वरिष्ठ लेखक एवम् वातावरणविद् डा. तीर्थबहादुर श्रेष्ठले १० हजार नगद र प्रमाणपत्रसहित कवि सुवेदीलाई पुरस्कार अर्पण गर्नुभयो ।

CONTINUE READING

एसइइ परीक्षामा ग्रिनफिल्डको उत्कृष्ट नतिजा

गुणस्तरीय, वैज्ञानिक, व्यवहारिक र समयसापेक्ष शिक्षा प्रदान गर्दै आएको अग्रणी शैक्षिक संस्था संस्था ग्रिनफिल्ड नेशनल सेकेण्डरी स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पनि विगतको उत्कृष्ट नतिजाको इतिहासलाई निरन्तरता दिएको छ ।
ग्रिनफिल्डबाट शैक्षिक सत्र २०७९ को एसइई परीक्षामा सहभागी ८३ .विद्यार्थीमध्ये ३.९५ जीपीएसहित आकृति पराजुलीले सर्वोत्कृष्ट स्थान ल्याएकी छन् । जेनिशा महर्जन, श्वेता पाख्रिन, प्रनिती बराल, रिदम बुढाथोकी र रुबिना शाक्यसहित ५ जना विद्यार्थीले ३.९० जीपीए हासिल गरेका छन्।

CONTINUE READING

विद्यालय पाठ्यपुस्तकका सन्दर्भमा बालसाहित्यको अवस्था विषयक गोष्ठी सम्पन्न

नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल बालसाहित्य समाजद्वारा संयुक्त रूपमा आज यहाँ आयोजित विद्यालय पाठ्यपुस्तकका सन्दर्भमा बालसाहित्यको अवस्था विषयक गोष्ठीमा पाठ्यपुस्तकको लेखन र सम्पादन, रचना छनोट प्रक्रिया, बालसाहित्यको समावेश लगायतका विषयमा छलफल र अन्तरक्रिया भयो ।

CONTINUE READING

‘मन्थली कोपिला’ बालपत्रिका विमोचन

मन्थली नगरपालिकाले २०८० वैशाखदेखि प्रकाशन गरेको बाल मासिक पत्रिका ‘मन्थली कोपिला’ एक समारोहबिच बिहीबार मन्थली नगरपालिकाको सभा हलमा विमोचन भएको छ । सो बाल पत्रिकाको विमोचन मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ, मन्थली नगरपालिकाका प्रशासन महाशाखा प्रमुख हेमन्तकुमार बुढाथोकी र मन्थली माध्यमिक विद्यालयका प्रधानाध्यापक डा.टंकप्रसाद दहालले संयुक्तरूपमा गर्नु भएको थियो ।

CONTINUE READING

रमेश विकल साहित्य प्रतिष्ठानद्वारा स्थलगत साहित्य लेखन प्रतियागिता सम्पन्न

गोकर्णेश्वर नगरपालिकाको सहयोगमा रमेश विकल साहित्य प्रतिष्ठानद्वारा आज आयोजित स्थलगत कथा, कविता र निबन्ध लेखन प्रतियोगितामा प्रमुख अतिथि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सदस्य माननीय सन्तोष चालिसेले पुरस्कृत पन्ध्रजना छात्रछात्रालाई प्रमाणपत्र प्रदान गर्नुभयो ।
उक्त अवसरमा विशिष्ट अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले पुष्पगुच्छा तथा कार्यक्रमका सभापति वरिष्ठ साहित्यकार रोचक घिमिरेले नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

CONTINUE READING

साहित्यकार पारिजातको ३० औं स्मृति दिवस सम्पन्न

सुप्रसिद्ध साहित्यकार पारिजातको ३० औं स्मृति दिवसका अवसरमा पारिजात स्मृति केन्द्रले स्मृति भवन म्हेपी, नयाँबजारमा एक कार्यक्रमको आयोजना गर्‍यो । स्मृति केन्द्रका अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् साहित्यिक पत्रकार रोचक घिमिरेले साहित्यकार पारिजातसँगका वि. सं. २०१८ सालदेखिका संस्मरण प्रस्तुत गर्नुहुँदै महाकवि देवकोटा पछि नेपाली साहित्यमा दोस्रो स्थान पारिजातको रहेको विचार प्रस्तुत गर्नुभयो ।

CONTINUE READING