महत्व

चारैतर्फ पहाडले घेरिएको कोम्ती नगरपालिका आफ्नो प्राकृतिक सुन्दरताका लागि अत्यन्तै प्रसिद्घ थियो । हरियोवातावरण, घाँसले ढाकेका चउर, नदी, झरना, चिटिक्क परेका घरहरूजस्ता मनमोहक दृश्यले गर्दा पर्यटकहरूकोम्ती नगरपालिकातर्फ आकर्षित हुन्थे । नगरपालिका जति सुन्दर थियो; त्यति नै स्वच्छ र आकर्षक पनि थियो ।प्राकृतिक रुपले जति नै सुन्दर भए पनि दुर्भाग्यवश त्यस नगरपालिकाको विकास चाहिँ त्यति राम्ररी […]

CONTINUE READING

मायालु सुगा (कथा) : ललिता ‘दोषी’

भर्खरै उड्न मात्र सिकेको सानो सुगा रूखमा बसिरहेको थियो । उसको आँखा पासोमा परेर छटपटाइरहेको मृगमा पर्यो । ऊ हतारहतार उड्दै त्यहाँ पुग्यो । मृगले रुँदै भन्यो– ”सुगा भाइ मलाई बचाऊ म मर्न चाहन्नँ ।”

CONTINUE READING

मीठो खाजा (कथा): सरिता अर्याल/ सम्पादक : शान्तदास

विद्यालयको खाजा खाने घण्टी बज्यो । कक्षा चारका बिद्यार्थीहरूलाई गृह–कार्य लेखिदिएर किरण सर कक्षा–कोठाबाट बाहिर निस्कनुभयो ।

CONTINUE READING

साथी

असारको दिन थियो । विद्यालयमा साथीहरु थिए । बाहिर भने ठूलो पानी परिरहेको थियो । शिक्षकले राम्रोसँग बुझाएर पढाउनुभएको थियो । शिक्षकले गृहकार्य दिँदादिँदै पाले दाइले घण्टी बजाइदिनुभएको थियो । घण्टी बजेपछि विद्यार्थीहरुले झोलाबामा किताब हाल्दै थिए ।

CONTINUE READING

आमाको माया

भरतपुर गाउँमा एउटी विधवा महिला बस्थिन् । उनको नाम यशोदा थियो । उनी गर्भवती भएकी थिइन् । बिहे गरेको वर्ष दिनमै उनको लोग्ने गाडी दुर्घटनामा परी बितिसकेको थियो । यशोदाले ज्याला मजदुरी गरी आफ्नाे पेट पालिरहेकी थिइन् । यसै क्रममा उनको छोरा जन्मियो ।

CONTINUE READING

आकाश धर्तीको विछोड

कुनै जङ्गलमा धर्ती र आकाश नाम गरेका एक जोडी भँगेरा भँगेरी बस्थे । उनीहरू एक अर्कालाई असाध्यै माया गर्थे । एक दिनको कुरा हो, जङ्गलमा परी नाम गरेकी भँगेरी कतैबाट बसाईं सरेर आई । उसको सुन्दरता देखेर सबै भँगेराहरू लोभिए ।

CONTINUE READING

साथी | नेपाली बालकथा | Author Julie Palais | Audio

भाइबहिनीहरु, यस पटक अमेरिकी लेखक जुलीले काठमाडौँ सहरको सडकको कुकुरको वेदनाको विषयमा रचना गर्नुभएको कथा ‘साथी’ को अडियो प्रस्तुत गरेका छौँ ।

CONTINUE READING