आवाज
मञ्चमा एउटा जून र अर्को तारा बनेका बालक र बालिका उभिरहेका हुन्छन् । जूनको टाउकोमा टिलिक्क टल्कने जून टोपी छ । त्यस्तै ताराको टाउकोमा पनि टिलिक्क टल्केको तारा टोपी सजिएको छ ।
ठिक त्यतिबेला ६ जना बालबालिकाहरू मञ्चमा आइपुग्छन् । स्टेज मञ्चको पृष्ठभूमि भित्तामा आकाशको दृश्य छ ।

