कोभिड प्रतिबन्धको विरोधमा प्रदर्शन

स्पेनको क्याटालोनियामा कोरोनाको संक्रमण बढेपछि रात्रिकालीन कर्फ्यु  लगायतका कडा प्रतिबन्ध लगाएको विरोधमा वार्सिलोनामा व्यापक प्रदर्शन भएको छ । क्रिसमसको विदाका समयमा प्रतिबन्ध लगाइएको भन्दै हजारौं प्रदर्शनकारीहरु सडकमा उत्रिएका हुन् ।
कोरोनाको ओमिक्रोन भेरियन्ट तीब्र गतिमा फैलिरहेकाले क्रिसमसको समयमा हुने भिडभाडले अझ बढी संक्रमण फैलिने डरले प्रतिबन्ध लगाइएको हो । क्रिसमस इभदेखि नै कडा प्रतिबन्ध लागू गरिएको विरोधमा विदा मनाउने तयारीमा रहेका हजारौं नागरिकहरु आन्दोलित भएका हुन् । क्याटालोनियामा प्रत्येक चार जना संक्रमित मध्ये एक जनालाई अस्पताल लैजानु पर्ने अवस्था रहेको छ ।

CONTINUE READING

भारतमा बालबालिकाका लागि खोप अभियान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १५ देखि १८ वर्षका बालबालिकालाई लक्षित गरी कोरोना विरुद्धको खोप अभियान शुभारम्भ गर्ने घोषणा गर्नुभएको छ ।

CONTINUE READING

ल्याटिन अमेरिकी मुलुक इक्वेडरमा कोरोना खोप अनिवार्य

ल्याटिन अमेरिकी मुलुक इक्वेडरले कोभिड-१९ विरुद्धको खोप अधिकांश नागरिकलाई अनिवार्य गरेको छ । पछिल्लो समय बढ्दो संक्रमण दर र ओमिक्रोन लगायतका नयाँ नयाँ भेरियन्टको प्रभाव बढेसँगै खोप अनिवार्य गरिएको हो ।

CONTINUE READING

विज्ञापनमा महिलाको फोटो राख्न नपाइने

महिला अधिकारकर्मी परवानाले सरकारको निर्णयको विरोध गर्दै प्रतिप्रश्न गर्नुभयो, महिलाको फोटो हटाई सरकारलाई के फाइदा हुन्छ ? यो महिलालाई सामाजिक उत्तरदायित्वबाट पछि पार्ने कामबाहेक केही होइन ।

CONTINUE READING

चीनको उत्तरी शहर जियानमा कडा लकडाउन

चीनको उत्तरी शहर जियानमा कोरोनाको संक्रमण निरन्तर रुपमा बढेपछि लकडाउन गरिएको छ । जियानका एक करोड ३० लाखभन्दा बढी मानिसलाई घरभित्रै बस्न निर्देशन दिइएको छ । गत डिसेम्बर ९ यतामात्रै जियानमा १४३ जना नयाँ संक्रमित भेटिएका छन् ।

CONTINUE READING

बेलायतमा ओमिक्रोन अध्ययन/ सोचेभन्दा हल्का भएको

बेलायत र दक्षिण अफ्रिकाले गरेको प्रारम्भिक अध्ययनले कोरोनाको ओमिक्रोन लहर सोचेभन्दा हल्का भएको पाइएको छ । प्रारम्भिक प्रमाणले अन्य भेरियन्टहरूको तुलनामा कम मानिसहरूलाई अस्पतालको उपचारको आवश्यकता रहेको देखाएको छ ।

CONTINUE READING

नाइजेरियामा महामारी चौथो लहर

नाइजेरियामा कोरोना भाइरसको चौथो चरणको महामारी सुरु भएको घोषणा गरिएको छ । देशमा डेल्टा र ओमिक्रोन भेरियन्ट तीव्र रूपमा फैलिन थालेपछि सरकारले कोरोना भाइरसको चौथो चरणको महामारी सुरु भएको निष्कर्ष निकालेको हो ।

CONTINUE READING

युरोपमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण व्यापक

युरोपमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण व्यापक वृद्धि/स्वास्थ्य प्रणालीलाई नै चुनौती दिने विश्व स्वास्थ्य संगठनको चेतावनी ।

CONTINUE READING

होन्डुरसमा पहिलो महिला राष्ट्रपति

होन्डुरसको नयाँ राष्ट्रिपतिमा पहिलो पटक महिला निर्वाचित हुनुभएको छ । यहाँको निर्वाचन आयोगले सियोमरा क्यास्ट्रो नयाँ राष्ट्रिपति निर्वाचित हुनुभएको जनाएको हो ।

CONTINUE READING

अफगानिस्तानी बालबालिकालाई सहयोग

संयुक्त राष्ट्रसंघ अन्तर्गतको बालबालिका सम्वन्धी निकायले अफगानिस्तानका हजारौँ बालबालिकालाई विभिन्न सहयोग उपलब्ध गराइएको जनाएको छ । राष्ट्रसंघीय निकाय युनिसेफले सन् २०२१ को ११ महिनामा उनीहरुको आवश्यकता अनुसारका विभिन्न सहयोगहरू उपलब्ध गराइएको जनाएको हो । जाडो मौसम आउनुअघि नै जाडोको समयमा आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराइएको युनिसेफका अधिकारीहरुले जानकारी दिएका छन् । यही सन् २०२१ को […]

CONTINUE READING