‘सम्पदा दर्शन’ का लेखकसँग विद्यालयका बालबालिका

बालसाहित्य प्रतिष्ठान नेपालद्वारा आयोजित मासिक कार्यक्रम विद्यालयका बालबालिकासँग लेखक अन्तर्गत २०७८ चैत महिनाका लागि आदरणीय लेखक नियात्राकार सुशीला देउजासँग विद्यालयका बालबालिकाहरुले अन्तरक्रिया गर्नुभयो । चाइल्ड केयर क्लब वुढानिलकण्ठ ४, काठमाडौँमा सम्पन्न कार्यक्रममा लेखक देउजाद्वारा लिखित कृतिहरु सम्पदा दर्शन (बालनियात्रा संग्रह) र चारुमतीको रहस्य (बालचित्रकथा) माथि बालबालिकासँग छलफल गरिएको थियो ।

CONTINUE READING

नेपालको आफ्नै रेलमा सरर

जयनगर–कुर्था रेल सेवा नियमित सञ्चालन सुरु भएसँगै स्थानीय जनता उत्साहित भएका छन् । भारतको नयाँ दिल्लीबाट चैत १९ गते शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले रेल सेवाको शुभारम्भ गर्नुभएको थियो । आइतबार बिहान साडे ८ बजे हिँडेको रेल जनकपुर स्टेशनमा झण्डै सवा १० बजे आइपुगेको थियो । पहिलो दिन जयनगरबाट कुर्था र कुर्थाबाट जयनगरसम्म पुगेको रेलमा साधारण र एसी दुवैतर्फका डिब्बामा यात्रु भरिभराउ भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जानकारी दिनुभयो ।

CONTINUE READING

रोल्पाको नमूना विद्यालयमा उत्प्रेरणा कक्षा

शिक्षक सेवा आयोगको परीक्षाका कारण अधिकांश छिमेकी विद्यालयको पठनपाठन बन्द रहेका बेला रोल्पा सदरमुकाम लिवाङको पठनपाठन भने निरन्तर चलिरहेको छ । अधिकांश छिमेकी विद्यालय बन्द रहँदा पनि पठन पाठनलाई निरन्तरता दिने बालकल्याण नमूना माध्यमिक विद्यालयले नयाँ अवधारणा अघि सारेसँगै पठनपाठनले निरन्तरता पाएको हो । उक्त विद्यालयका प्रायः शिक्षक सेवा आयोगको परीक्षालाई जिल्ला बाहिर भए पनि विद्यार्थीको पठनपाठन भने प्रभावित भएको छैन । विद्यार्थीको पढाई प्रभावित नहोस् भनेर पठनपाठनमा वैकल्पिक सोच अघि सारेर पठनपाठनलाई निरन्तरता दिइएको बताइएको छ ।

CONTINUE READING

अनुभूतिमा कोभिड १९ कार्यक्रममा ६ जिल्लाका २०० बढी बालबालिका सहभागी

प्रयास नेपालसँगको सहकार्यमा बालसाहित्य प्रतिष्ठान नेपालद्वारा आयोजित ‘अनुभूतिमा कोभिड १९’ कथा/ चित्रकला लेखन कार्यक्रममा ६ जिल्लाका २०० बढी बालबालिकाहरु सहभागी हुनुभएको छ ।
विश्वविख्यात परीकथाकार हान्स क्रिश्चियन एन्डरसनको जन्मजयन्ती तथा अन्तर्राष्ट्रिय बालपुस्तक दिवसका अवसरमा भर्चुअल माध्यमबाट आयोजित यस कार्यक्रममा सिन्धुपाल्चोक, रामेछाप, धादिङ, ओखलढुङगा र काठमाडौँ गरी ६ जिल्लाका बालबालिकाहरुलाई सर्जक कार्तिकेय घिमिरेले सहजिकरण गर्नुभएको थियो ।

CONTINUE READING

राक्षसको कथासँग जोडिएको छ घोडेजात्रा पर्व मनाउनुको रहस्य

प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज धुमधामसँग मनाइयो । घोडेजात्राका अवसरमा नेपाली सेनाले आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायत विविध कलाको प्रदर्शन गरेको थियो । किम्बदन्तीअनुसार घोडेजात्रा मनाउनुको रहस्य राक्षसको कथासँग जोडिएको छ ।
टुँडिखेलको पूर्व दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । त्यो राक्षसलाई उपत्यकावासीले जुक्ति लगाएर संहार गरे ।

CONTINUE READING

बाजुराकाे जिल्ला अस्पतालमा औषधिमा दश प्रतिशत छुट

सदरमुकाममा रहेको जिल्ला अस्पताल बाजुराले सञ्चालन गरेको फार्मेसीबाट औषधि किनेर लैजाने बिरामीलाई प्रत्येक औषधिमा पर्ने मूल्यको दश प्रतिशत छुट दिइने भएको छ । अस्पतालले चैत १७ गतेदेखि लागू हुने गरी अस्पतालमा उपचाररत र उपचार गर्न आएका बिरामीलाई औषधिमा दश प्रतिशत छुट दिने निर्णय गरेको हो । अस्पतालमा हाल ७० प्रकारका औषधि निःशुल्क पाइने र त्यसबाहेका औषधि किन्दा १० प्रतिशत छुट गर्ने निर्णय गरिएको जानकारी दिइयो ।

CONTINUE READING

मुस्ताङमा पर्यटक बढे

हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङमा कोभिड सङ्क्रमणको अवस्था सामान्य बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । स्थलमार्ग र हवाईमार्गबाट गरी दैनिक करिब तीन हजार पर्यटक मुस्ताङ भित्रिन थालेपछि व्यवसायी उत्साहित बनेका छन् । साथै मुस्ताङको रौनक पनि फेरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रका रूपमा रहेको मुस्ताङमा दैनिक १५ हवाई उडान हुन थालेको जोमसोम विमानस्थलले जनाएको छ ।

CONTINUE READING

प्रभावकारी भयाे बालिका बचत कार्यक्रम

हलेसी तुवाचुङ नगरपालिकाले सुरु गरेको बालिका बचत कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रम सुरु भएयता हालसम्म नगरपालिका भरिका १ सय २९ बालिकाको नाममा बचत गर्ने काम भइसकेको छ । कार्यक्रम अन्तर्गत हालसम्म ४६ बालिकाको नाममा खोलिएको बचत खातामा दोस्रो किस्ता र ८३ जनाको खातामा पहिलो किस्ताबापतको रकम जम्मा भएको नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख इरन राईले जानकारी दिनुभयो ।

CONTINUE READING

गण्डकी प्रदेशका बालबालिकालाई टाइफाइड विरुद्धको खोप

गण्डकी प्रदेशमा जनस्वास्थ्यको समस्याका रुपमा रहेको टाइफाइड रोग विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत् नै प्रदेशका ११ जिल्लाका पाँच लाख ६० हजार २२७ बालबालिकालाई पहिलोपटक टाइफाइड विरुद्धको खोप दिन लागिएको हो । बहुवर्षीय खोप कार्ययोजना सन् २०१७–२१ को लक्ष्यअनुरुप यही चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

CONTINUE READING

गुन्जनमा ‘सम्पदा दर्शन’ माथि छलफल

नारी साहित्य संस्था गुन्जनको ८३ औं कोठे बैठकमा ‘सम्पदा दर्शन’ बारे छलफल भएकाे छ । यस पटक नियात्राकार सुशीला देउजाद्वारा लिखित बालनियात्रासंग्रह सम्पदा दर्शन भाग १ र २ माथि चर्चा भएकाे थियो ।
छलफलका क्रममा सम्पदा दर्शन भाग १ कृतिबारे बोल्दै समीक्षक माधव घिमिरेले नेपाली सम्पदाको गौरवमय गाथालाई बालनियात्राका माध्यमले बालबालिका समक्ष सरल र आकर्षक शैलीमा जानकारी प्रस्तुत गरिएको यो सुन्दर कृति हो भन्नुभयो । यस कृतिमा विश्वसम्पदा सूचीमा रहेका नेपालका दसवटा सम्पदा भ्रमणकाे चर्चा गरिएकाे छ ।

CONTINUE READING