छाडा पशु संरक्षण केन्द्र अनुसन्धानस्थल बन्दै

व्यास नगरपालिका–१० मादीनदी किनारस्थित शिशुवा भतेरीमा छाडा चौपायालाई व्यवस्थित गरिएको गौ संरक्षण केन्द्रलाई राष्ट्रिय पञ्चकव्य अनुसन्धानस्थल बनाइने भएको छ । छाडा चौपाया जथाभावी छाडिँदा सवारी दुर्घटना हुने, अरुको बालीनाली खाएर सखाप पारिदिने र बजार क्षेत्रको स्वरुप बिगारिदिने लगायतका समस्या देखिएपछि नगरपालिकाको सक्रियतामा छाडा चौपाया व्यवस्थापन गरिएको हो । केन्द्रमा हाल १०० को हाराहारीमा छाडा छोडिएका पशुचौपाया छन् ।

CONTINUE READING

क्यान्सर पीडितलाई मासिक भत्ता दिने तयारी

प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सर पीडितलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने तयारी गरेको बताउनुभएको छ । नेपाल अर्बुद रोग निवारण संस्थाको ३१औं केन्द्रीय सभाको हिजो सिरहाको लहानमा उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राउतले सो कुरा बताउनु भएको हो । प्रदेश सरकारले क्यान्सर पीडितको उपचारार्थ कानुन बनाएरै मासिक भत्ता उपलब्ध गराउने तयारी भइरहेको बताउनुभयो ।

CONTINUE READING

‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’ बजारमा

दिया सापकोटाको अङ्ग्रेजी बालकथासङ्ग्रह ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’ प्रकाशन भएको छ ।
दियाका कथाहरूले वातावरण संरक्षणतर्फ विशेष जोड दिएका छन् ।
हिम्मत, कल्पना र सपनाले भरिएका दियाका कथाहरूमा पाठकलाई तान्न सक्ने विषय, प्रस्तुति, शैली र भाषा प्रयोग गरिएको छ ।

CONTINUE READING

अफगानिस्तानमा वर्षा र हिमपातले जनधनको क्षति

अत्यधिक हिमपात र बाढीका कारण अफगानिस्तानमा ११ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार घटनामा परी २३ जना घाइते भएका छन् । अफगानिस्तानमा बुधबार सुरुमा हिमपात भएको र त्यसपछि भारी बर्षा भएर बाढी आएको पनि अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार मृत्यु भएका र घाइते भएकाहरू हेल्मन्ड, निम्रोज, फराह, नान्गाहर, कान्दहर, जावजान, ताखर र केन्द्रीय राजधानी काबुलका रहेका छन् ।

CONTINUE READING

भारतमा कोरोना भाइरसको संक्रमण व्यापक

विगत केही दिनदेखि कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढेको छ । एक साता अघिसम्म पनि पाँच हजारभन्दा पनि कम रहेको दैनिक संक्रमण दर अहिले बढेर एक लाख नाघेको छ । पछिल्लो २४ घन्टामा मात्रै भारतमा १ लाख १४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । केन्द्रीय राजधानी नयाँ दिल्ली र व्यापारिक राजधानी मुम्बईमा संक्रमितको संख्या व्यापक रुपमा बढिरहेको छ ।

CONTINUE READING

उत्तर कोरियाद्वारा हाइपरसोनिक मिसाइलको सफल परीक्षण

लोकतान्त्रिक जन गणतन्त्र कोरियाले हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले जनाएको छ । बुधबार एकेडेमी अफ डिफेन्स साइन्सले प्रक्षेपण गरेको सो मिसाइलले ७०० किलोमिटर टाढाको लक्ष्यमा ठ्याक्कै प्रहार गर्नुअघि १२० किलोमिटर पछाडी चलेको थियो जसले नयाँ इन्धन प्रणालीको विश्वसनियता प्रमाणित गरेको थियो ।

CONTINUE READING

फिलिपिन्समा बाल विवाह गर्न नपाइने

फिलिपिन्समा बाल विवाह गर्न नपाइने व्यवस्था गरिएको छ । कानूनी रुपमै बाल विवाहलाई प्रतिवन्ध लगाउने व्यवस्था गरिएकाले बाल विवाहलाई फिलिपिन्समा अबदेखि अवैध मानिने भएको हो । बिहीबार घोषणा गरिएको कानून अनुसार १८ वर्ष पूरा नभएका बालबालिकाहरूले विवाह गर्न र सँगै बस्न पनि नपाउने भएका छन् ।

CONTINUE READING

भारतमा ओमिक्रोनबाट एकको मृत्यु

भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको ओमिक्रोन भेरियन्टबाट एक जनाको मृत्यु भएको जनाएको छ । भारतको राजस्थानमा एक जनाको यो भेरियन्टबाट मृत्यु भएको प्रमाणित भएको मन्त्रालयले जनाएको छ । ती व्यक्ति मधुमेहका दीर्घरोगी रहेका र उनी ओमिक्रोनको उपचारका क्रममा रहेका पनि सो मन्त्रालयले जनाएको छ । यो नै भारतमा ओमिक्रोनबाट भएको पहिलो मृत्यु हो । भारतमा अहिलेसम्म २ हजार १३५ जना सङ्क्रमित भएको बताइएको छ ।

CONTINUE READING

बालअधिकारका लागि २० बुँदे प्रतिबद्धता

बालअधिकारका क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाको सञ्जालले बालबालिकाको स्वास्थ्य, शिक्षा, संरक्षण, विकास र सहभागिताका लागि २० बुँदे साझा प्रतिबद्धता जारी गरेका छन् । ती संस्थाका प्रतिनिधिको बालअधिकार अभियानकर्मी गौरी प्रधानको प्रमुख आतिथ्यतामा ललितपुरमा आयोजित भेलामा नेपालको संविधानको धारा ३९ मा भएको बालबालिका सम्बन्धी हकको व्यवहारिक कार्यान्वयन, बालबालिका सम्बन्धी ऐन, २०७५ को संशोधन, विभिन्न ऐनमा देखिएको समस्या संशोधन, आसन्न निर्वाचनमा बालबालिका र विद्यालयको दलगत प्रयोग रोक्न पहल गर्ने प्रतिबद्धता जनाइएको हो ।

CONTINUE READING

बाँकेका विद्यालयमा पठनपाठन बन्द

चिसो अत्यधिक बढेपछि बाँकेका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो । बाँकेमा खजुरा गाउँपालिका र जानकी गाउँपालिकाले चिसोलाई मध्यनजर गर्दै तीन दिनका लागि विद्यालय बन्द गराएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाले बालबालिकाले अध्ययन गर्ने प्राथमिक तहमा बिदा दिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रामसुरेश यादवले जानकारी दिनुभयो । उहाँका अनुसार चिसोका कारण सरकारी विद्यालय बन्द गरिए पनि निजी विद्यालय भने बन्द गरिएको छैन । कठ्याँग्रिदो चिसोमा समेत निजी विद्यालयले बालबालिकाको स्वास्थ्यसँग खेलवाड गरिरहेका छन् ।

CONTINUE READING