विद्यालयमा  अविस्मरणीय दिन

सम्झनाहरु हाम्रा लागि सबैभन्दा बहुमूल्य सम्पत्तिहरुमध्ये एक हुन् । सम्झनाको सहायताले हाम्रो विगतलाई सम्झन र विगतका घटनाहरुबाट पाठ सिकेर जीवनमा आफ्नो व्यक्तित्वलाई बलियो बनाउन मद्दत गर्दछ । हाम्रो जीवनमा दिनहुँ धेरै घटनाहरु भइरहेका हुन्छन् तर हामीले ती सबै घटनाहरु याद राख्दैनौँ ।  

CONTINUE READING

स्वयम्भूको यात्रा

बोधिसत्त्व मञ्जुश्रीले एकपटक स्वयम्भूमा कमलको फूल देख्नुभयो र त्यहाँ गएर पूजाआजा गर्नुभयो । उहाँले त्यहाँ मानिसहरुको राम्रो बसोबास हुन सक्ने देखेर उहाँले चोभारलाई काटेर काठमाडौको सबै पानी बाहिर पठाउनु भयो र हाल काठमाडौ उपत्यका रहन गएको हो ।  कमलको फूल भएको स्थान पहाडमा परिणत भयो र फूल स्वयम्भुनाथ स्तूप रहन गयो । मलाई बाबाले यो सुनाउनुभएको थियो ।
त्यसैले स्वयम्भू जाने रहर थियो । सानै हुँदा गएको थिएँ तर खासै याद थिएन ।

CONTINUE READING

प्रधानाध्यापक वीरङ्गना महर्जनसँग कुराकानी

विद्यालयको प्रमुख व्यक्ति प्रधानाध्यापक ।  प्रधानाध्यापकले विद्यालयको रेखदेख, शिक्षक कर्मचारीको परिचालन र विद्यालय व्यवस्थापनमा सहयोग गरी नेतृत्व प्रदान  गर्नुहुन्छ  । विद्यालयलाई कता लैजाने भन्ने कुरा विशेषगरी प्रधानाध्यापककै हातमा रहन्छ । शिक्षालाई गुणस्तरीय र उपलब्धिमूलक बनाएर दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा  प्रधानाध्यापकको ठुलो भूमिका रहन्छ । त्यसैगरी हरेक बालबालिकाको मनोभावना बुझेर शिक्षा प्रदान गर्ने र रमाइलो वातावरणमा विद्यार्थीहरुलाई सिकाउने र सिक्ने अवसर प्रदान गर्ने हाम्रो सुदेशा स्कुलका प्रधानाध्यापक वीरङ्गना महर्जनज्यूसँग मैले छोटो कुराकानी  गरी उहाँको बारेमा थप जान्ने मौका पाएँ ।

CONTINUE READING

‘विद्यार्थी जीवनमा अनुशासन सबैभन्दा महत्वपूर्ण कुरा हाे’: सीएनएन हिराे अनुराधा काेइराला

भाइबहिनीहरु, याे भनाइ सीएनएन हिराे अनुराधा काेइरालाकाे हाे । २०७२ सालमा स्थापित ‘कमला कार्की स्मृति प्रतिष्ठान’ ले विगत वर्षहरूदेखि नै राष्ट्रिय ख्याति कमाएका महिला व्यक्तित्वहरू र महिलासँग सम्बन्धित रहेर कार्य गर्दै आएकाे सामाजिक संस्थालाई नगदसहित सम्मान गर्दै आएकोमा यस वर्ष २०७९ काे कार्यक्रममा प्रमुख अतिथिकाे मन्तव्यका क्रममा सीएनएन हिराे एवम् माइती नेपालका अध्यक्ष अनुराधा काेइरालाले याे विचार व्यक्त गर्नुभएकाे हाे ।

CONTINUE READING

पोखरामा ‘सम्पदा दर्शन’ का लेखकसँग छलफल कार्यक्रम सम्पन्न

‘सम्पदा दर्शन’ बालनियात्राकृतिका वरिष्ठ लेखक सुशीला देउजासँग भास्कर मेमोरियल स्कुल, पोखरामा कक्षा ६ मा अध्ययनरत बालबालिकाहरुले हिजो पुस ११ गते छलफल गर्नुभएको समाचार प्राप्त भएको छ ।
बालसाहित्य प्रतिष्ठान नेपालको नियमित लेखक भेटघाट कार्यक्रम विद्यालयका बालबालिकासँग लेखक अन्तर्गत भास्कर मेमोरियल स्कुलको आँगनमा आयोजित यस कार्यक्रममा ४५ जना बालबालिकाहरु सहभागी हुनुभएको थियो ।

CONTINUE READING

सत्यमोहन जोशीको स्मृतिमा ‘सत्यमोहन स्मृतिसभा’ सम्पन्न

एभरेस्ट स्कुल, भक्तपुरमा अध्ययनरत बालबालिकाहरूले वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको स्मृतिमा ‘सत्यमोहन स्मृतिसभा’ आयोजना गर्नुभएको खबर प्राप्त भएको छ ।
विद्यालयका प्रिन्सिपल भक्त राजभण्डारी र कमला राजभण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रम विद्यालयका साना विद्यार्थीद्वय माहिरा मल्ल ठकुरी (वर्ष ७) र रिहान श्रेष्ठ (वर्ष ६) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

CONTINUE READING