ब्राइट फ्युचर स्कुलमा लेखक भेटघाट कार्यक्रम सम्पन्न

ब्राइट फ्युचर सेकेन्डरी स्कुल, नैकाप, काठमाडौंमा विद्यालयका बालबालिकासँग लेखक कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा अस्ट्रेलियन लेखक लुक डेविसले कक्षा ६ र ७ का बालबालिकाहरूसँग अन्तरक्रिया गर्नुभएको थियो । स्कुलका निर्देशक मोहन कार्कीको सभापतित्वमा सम्पन्न समारोहमा विद्यालयका व्यवस्थापक मोहित कार्कीले लेखक लुकलाई नेपाली टोपी लगाइदिएर स्वागत गर्नुभएको थियो ।

CONTINUE READING

‘तपाईं’ र ‘नमस्ते’ को जादु

विद्यालय कस्तो हुनुपर्छ ? विद्यालयको वातावरण कस्तो हुनुपर्छ ? भन्ने विषयमा थुप्रै मतहरु छन् । ती मध्ये धेरै विचारहरु विद्यालयलाई माया गर्ने तपाईंहरुले पक्कै पढ्नुभएकै होला ।
विद्यालयलाई कसरी बालबालिका मैत्री बनाउन सकिन्छ ? वास्तवमा विद्यालयलाई विद्यालय जस्तै नै कसरी बनाउन सकिन्छ भन्ने विषयमा म फिल्डमा नि खटेर काम गरेको मान्छे हुँ ।

CONTINUE READING

आदरणीय लेखक अभि सुवेदीले बालबालिकाका नाममा लेख्नुभएको खुल्ला पत्र

हामी सबैको पहिलो गुरु आमा हुन् । उनको अर्ति सधैं शिरोपर गर्नुपर्छ । म पनि मेरी आमाको प्रेरणाले यहाँसम्म आइपुगेको हुँ । त्यहि प्रभावले आज पनि झण्डै ४६ वर्षदेखि मैले विश्वविद्यालयमा पढाएका संसारभर छरिएका मेरा विद्यार्थी र इष्टमित्रको मायामा रमाइरहेको छु । समाजमा अनेक खाले मान्छे बस्छन् । कोहि गलत बाटोमा हिँडिरहेका हुन्छन् । ति गलत मानिसको संगत गर्नुहुँदैन । असल मित्र बिस्तारै थपिँदै जान्छन् ।

CONTINUE READING

‘सम्पदा दर्शन’ का लेखक सेन्ट जोन्स स्कुलबाट सम्मानित

सेन्ट जोन्स अङ्ग्रेजी विद्यालय, सल्लाघारी, भक्तपुरले उत्कृष्ट बालनियात्रा कृति ‘सम्पदा दर्शन’ का लेखक सुशीला देउजालाई सम्मानित गरेको छ । बालसाहित्य प्रतिष्ठान नेपाल– बालसाहित्य छलफल क्लबद्वारा आयोजित विद्यालयका बालबालिकासँग लेखक कार्यक्रम अन्तर्गत यस महिना ‘सम्पदा दर्शन’ कृतिमाथि छलफल गरिएको हो । छलफलमा कक्षा ७ र ८ का बालबालिकाहरुले भाग लिनुभएको थियो ।

CONTINUE READING

निर्वाचनमा बालबालिकाको प्रयोग नगरौँ

केही दिनअघि एउटी बालिका नेताहरु बसेको मन्च अगाडि छमछमी नाचिरहेको भिडियो ट्विटरमा सबैले हेरे । धेरैले यसमा निर्वाचनमा बालबालिकाको प्रयोग गर्नुहुन्न भन्ने निर्वाचन आयोगले यो उम्मदेवारलाई किन कार्वाही नगरेको ? भनी प्रश्न पनि गरे ।
त्यो कार्यक्रममा आफ्नो नाच देखाउन पाउँदा बालिका दंग परेकी थिइन् ।
उनलाई यसो गर्नु कानुन विपरीत हो भन्ने कुरा कसले भनिदियो होला र ?
त्यस्तै चुनाव चिन्ह भएको नयाँ टिसर्ट लगाउन पाउँदा र पार्टीको चुनाव चिन्ह भएको झन्डा बोकेर दौडन पाउँदा रमाइरहेका बालबालिकाहरु बाटामा देखिन्छन् ।

CONTINUE READING