कोभिड प्रतिबन्धको विरोधमा प्रदर्शन
स्पेनको क्याटालोनियामा कोरोनाको संक्रमण बढेपछि रात्रिकालीन कर्फ्यु लगायतका कडा प्रतिबन्ध लगाएको विरोधमा वार्सिलोनामा व्यापक प्रदर्शन भएको छ । क्रिसमसको विदाका समयमा प्रतिबन्ध लगाइएको भन्दै हजारौं प्रदर्शनकारीहरु सडकमा उत्रिएका हुन् ।
कोरोनाको ओमिक्रोन भेरियन्ट तीब्र गतिमा फैलिरहेकाले क्रिसमसको समयमा हुने भिडभाडले अझ बढी संक्रमण फैलिने डरले प्रतिबन्ध लगाइएको हो । क्रिसमस इभदेखि नै कडा प्रतिबन्ध लागू गरिएको विरोधमा विदा मनाउने तयारीमा रहेका हजारौं नागरिकहरु आन्दोलित भएका हुन् । क्याटालोनियामा प्रत्येक चार जना संक्रमित मध्ये एक जनालाई अस्पताल लैजानु पर्ने अवस्था रहेको छ ।

