क्वालिटी स्कुलमा सिर्जनात्मक लेखन तालिम कार्यक्रम सम्पन्न
क्वालिटी अङ्ग्रेजी स्कुल, नगरकोटफेदी, भक्तपुरमा एकदिने सिर्जनात्मक लेखन तालिम तथा वाचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा कथा लेखन तथा वाचनका लागि बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष लेखक कार्तिकेय घिमिरे र बालकविता लेखन तथा वाचनका लागि कवि देवु लुइटेलले प्रशिक्षण दिनुभएको थियो । विश्व पुस्तक दिवसका अवसरमा बालसाहित्य प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रममा कक्षा ६, ७ र ८ मा अध्ययनरत ७५ जना बालबालिकाहरुले भाग लिनुभएको थियो ।
CONTINUE READING
