किशोरीहरू जागेपछि हिंसाका घटना बाहिर आए

Featured राष्ट्रिय समाचार

बाँके, ८ पुस (रासस) / किशोरीहरू जागृत भएपछि जिल्लामा महिला हिंसाका घटना सार्वजनिक हुन थालेका छन् । बर्दियाको गुलरियामा आयोजित जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिको बैठकमा यस्तो तथ्य सार्वजनिक गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीले किशोरीहरू जागेकाले आफ्नो अधिकारका लागि धेरै घटना बाहिर आएको बताउनुभयो । पहिलेका किशोरी हेपिएर बसेकाले हिंसाका घटनामा आवाज उठाउन सक्दैन थिए । तर अहिले सबै सशक्त भएर उजुरी गर्न थालेकाले यस्ता घटना सार्वजनिक हुन थालेको उहाँको भनाइ थियो ।

प्रहरी उपरीक्षक कार्कीले आव २०७५-७६ मा १३९, २०७६-७७ मा ११९, र २०७७-७८ मा १०६ महिला हिंसाका घटना भएका थिए । ” नेपाल प्रहरी निरन्तर लागिरहँदा पनि यस्ता घटना न्यूनीकरण हुन नसकेको बताउँदै उहाँले सम्पूर्ण सरोकारवाला निकायबाट समन्व,  सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । घरेलु हिंसामा परेकामध्ये ३४ जनालाई उद्धार गरिएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *