दक्षिण पूर्वी एसियाली मुलुक फिलिपिन्स धेरै बाल विवाह हुने मुलुकहरु मध्ये १२ औं स्थानमा रहेको छ ।
फिलिपिन्समा बाल विवाह गर्न नपाइने व्यवस्था गरिएको छ । कानूनी रुपमै बाल विवाहलाई प्रतिवन्ध लगाउने व्यवस्था गरिएकाले बाल विवाहलाई फिलिपिन्समा अबदेखि अवैध मानिने भएको हो । बिहीबार घोषणा गरिएको कानून अनुसार १८ वर्ष पूरा नभएका बालबालिकाहरूले विवाह गर्न र सँगै बस्न पनि नपाउने भएका छन् ।
दक्षिण पूर्वी एसियाली मुलुक फिलिपिन्स धेरै बाल विवाह हुने मुलुकहरु मध्ये १२ औं स्थानमा रहेको छ । राष्ट्रपति रोड्रिगो डुतेर्तेले हस्ताक्षर गरेर जारी गरेको नयाँ कानुनले लैङ्गिक समानता र स्वास्थ्य अवस्था सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । उहाँले जारी गर्नु भएको कानुन उलङ्घन गर्नेलाई १२ वर्ष जेल सजायको व्यवस्था गरिएको पनि समाचारमा जनाइएको छ ।