- तपस्या वाग्ले, कक्षा- ७, ‘पशुपति’, एभरेस्ट स्कुल, भक्तपुर
नेपाल आमा तिम्रो धेरै लाग्छ माया
जताततै देख्छु म ती सहिदको छायाँ ।
वरिपरि पहाडले ढाकिएकी छ्याै
आफ्नो न्यानो काखमा हाम्लाई राखेकी छ्याै ।
ज्ञान दिने गाैतम बुद्ध सृष्टि रच्ने शिव
सुन्दर, शान्त मेरो देशमा रमाउँछु खुब
जान्न म तिम्लाई छोडी हेर विदेश
केही गरी राख्छु कीर्ति यहीँ विशेष ।
रातो लालीगुराँस हाम्रो राष्ट्रिय फूल
हामी सबै मिलेर फुटाउँ विकासकाे मूल
बाबा आमा किसान मिली बगाउने पसिना
देशका लागि काम गरी राख्छाैँ हामी निशान ।
पूर्व-पश्चिम फैलिएको मेची महाकाली
विश्वभरमा चिनिएको वीर गोर्खाली
जहाँ उम्रे त्यही फुल्छु फूलजस्तै बनी
सुख भोग्नु छैन मलाई विदेश विदेश भनी ।