रिजेन्ट रेसिडेन्सियल स्कुलका बालबालिकाद्वारा प्रस्तुत नाटक

अडियो / भिडियो केटाकेटी अनलाइन युट्युब नाटक विद्यालय समाचार साहित्य

प्रस्तुत नाटक रिजेन्ट रेसिडेन्सियल स्कुलमा कक्षा ९ मा अध्ययनरत बालबालिकाद्वारा तयार गरिएकाे हाे । यसका लेखक लेखक रिजेन्ट रेसिडेन्सियल स्कुलका भाइस प्रिन्सपल विद्या पाेखरेल हुनुहुन्छ । रिजेन्ट स्कुलकाे ११ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस (२०७९ फागुन १३) अवसरमा मन्चन गरिएकाे यस नाटकमा विदेश जानेहरुकाे कथाव्यथा समेटिएकाे छ ।

रिजेन्ट स्कुलको ११ औँ वार्षिक उत्सवमा सजिएको नेपाल

फागुन १४ / केटाकेटी अनलाइन सम्वाददाता विभिन्न क्षेत्र र समुदायका विविध भेषभूषामा सजिएका बालबालिकाहरुकाे प्रस्तुति हेर्दा लाग्थ्याे फागुन १३ गते रिजेन्ट स्कुलकाे उत्सवमा पूरै नेपाल देश सजिएकाे छ । नेपाल देशकाे सांस्कृतिक पहिचान बोलिरहेको छ । हो, यो भिडियो तिनै विविधता भित्र समेटिएको नेपली एकताको साक्षी हो । जहाँ बालबालिकाहरुले फरक फरक भेषभूषामा फरक फरक विविध स्वादका नृत्यहरुमा बेजोड प्रतिभा प्रस्तुत गर्नुभएको छ । रिजेन्ट स्कुलको ११ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह (२०७९ फागुन १३) का अवसरमा उक्त विद्यालयमा आयोजित कार्यक्रममा यस वर्ष केटाकेटी अनलाइनले पनि सहभागी हुने अवसर पाएकाे थियाे । त्यही अवसरमा याे भिडियाे खिचिएको हो । वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह बिहान र दिउँसो गरी दुई चरणमा भव्य रुपमा आयोजना गरिएकाे थियाे । कार्यक्रममा पाँच सय बढी बालप्रतिभाहरुले आआफ्नो प्रतिभा प्रस्तुत गर्नुभएको थियो । विद्यालयका प्रतिनिधि महेश न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा पहिलो बिहानी समयमा आयोजित पहिलो चरणको कार्यक्रममा कक्षा १ देखि ४ सम्मका बालबालिकाहरुले र दिउँसोको समयमा आयोजित दोस्रो चरणमा कक्षा ५ देखि १० सम्म अध्ययनरत बालबालिकाहरुले प्रतिभा प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *